आमा ४ दिनसम्म मदिरा पार्टीमा मस्त, घरमा थुनिएका ११ महिने शिशुको भोक र तिर्खाले ज्यान गयो
हरेक आमा आफ्नो सन्तानका लागि ज्यान दिनसमेत तयार हुन्छन्। तर रुसमा एक आमाले यस्तो हर्कत गरिन्, जसका कारण ११ महिनाको अवोध शिशुको ज्यान गयो भने ३ वर्षीया छोरी अस्पताल भर्ना हुनुपर्यो।
घटना रुसको ज्लाटाउस्टको हो। मिररमा प्रकाशित समाचारअनुसार २५वर्षीया ओल्गा बाजरोभा नामकी महिला पतिसँग अलग बस्थिन्। उनी एक दिन मदिरा पार्टीका लागि आफ्नो साथीकहाँ गइन्। ४ दिनसम्म उनी पार्टीमा मस्त भइन्।

तर जब फर्किइन्, उनको ११ महिनाको छोराको मृत्यु भइसकेको थियो भने ३ वर्षकी छोरीको अवस्था नाजुक थियो। भएको के रहेछ भने उनले आफ्नो ७ वर्षको छोरा (जो उनको पूर्वपतिको थियो) लाई साथीकहाँ छाडिन्। तर ११ महिनाको छोरा र ३ वर्षकी छोरीलाई घरमै राखिन् र पार्टीमा हिँडिन्।
घर आउँदा अवोध छोराको भोक र तिर्खाले मृत्यु भइसकेको थियो भने छोरी पनि कमजोर र भयभित अवस्थामा भेटिइन्। उनी पनि मृत्युसँग लड्दै थिइन्। ओल्गाले बच्चाहरुका हजुरआमालाई सम्पर्क गरिन्। हजुरआमा आएपछि प्रहरीलाई खबर गरिन् र ओल्गा पक्राउ परिन् । छोरीलाई अस्पताल भर्ना गरियो।
यो घटनामा अदालतले ओल्गालाई दोषी ठहर गर्दै जेल सजाय दिएको छ। ओल्गाले मदिरा पार्टी गर्दा बच्चाहरुको उपेक्षा गरेकोमा अदालतमा पश्चाताप गरिन् र भनिन्–बच्चा मार्ने कुनै उद्देश्य थिएन।