यी हुन् सरकारको प्राथमिकतामा रहेका १० जुनोटिक रोग

हेल्थपोस्ट नेपाल

सरकारले पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकिकरण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार नेपालका जुनोटिक रोगको प्राथमिकताको पहिलो स्थानमा इन्फ्लूएन्जा (जुनोटिक इन्फ्लूएन्जा, सिजनल इन्फ्लूएन्जा), दोस्रोमा रेबिज, तेस्रोमा कोरोना भाइरस (सार्स,मर्स, सार्स कोभ २), चौथोमा लेप्टोस्पाइरोसी र पाँचौंमा ब्रुसेलोसिस रहेको छ ।

त्यस्तै छैटौंमा सालमोनेलोसि, सतौंमा लेस्मिनियासिस, आठौंमा जुनोटिक क्षयरोग, नवौंमा सिस्टिसर्कोसिस/हाइडाट्रिोसिस र दशौंमा टोक्जोप्लास्मोसिस रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता , इपिडिमियोलोजी तथा  रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्णप्रसाद पौडेलले यी रोग समुदायमा संक्रमण फैलाउन सक्ने जुनोटिक रोग भएको बताए ।

पशुपन्छीबाट मानिसमा सजिलै सर्ने रोगलाई जुनोटिक रोग भनिन्छ ।



Leave a Reply

Your email address will not be published.