‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’
वृहत नागरिक आन्दोलन अभियानले बालुवाटारमा प्रदर्शन गरेको छ।
नारायण वाग्लेसहितका सहभागीले संविधानमाथि सरकारद्वारा भइरहेको प्रतिगमन, जनस्वास्थ्यमा भइरहेको व्यापारलगायतका विषय उठाउँदै प्रदर्शन गरेको हो।
प्रदर्शनका सहभागीले ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’, स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘संविधानमा प्रतिगमन, राजनीतिमा प्रतिगमन, जनस्वास्थ्यमा प्रतिगमन हामीलाई स्वीकार छैन’ लगायतका प्लेकार्ड बोकी प्रदर्शन गरेका थिए।
हेर्नुस् हेल्थपाेस्ट नेपालका दिनेश गोलेले लिएका केही तस्बिर–





