स्वास्थ्य मन्त्रालयको अस्पताललाई निर्देशन : स्वास्थ्यकर्मीलाई न्युनतम पारिश्रमिक दिनु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको तोकिएको न्युनतम पारिश्रमिक दिएर मात्रै काम लगाउन अस्पताललाई निर्देशन दिएको छ।
मन्त्री स्तरित निर्णय गर्दै मन्त्रालयले विज्ञप्ति मार्फत सबै अस्पतालहरुलाई यसको जानकारी गराएको हो ।
बिशेष गरि निजी अस्पतालहरुले स्टाप नर्स सहित स्वास्थ्यकर्मीहरुलाई सरकारले ताकेको न्युनतम पारिश्रमिक भन्दा कममा काममा लगाएर श्रम शोषण गर्ने गरेको गुनासो बढेपछि मन्त्रालयले यो निर्णय गरेको हो ।
यसका साथै मन्त्रालयले अस्पतालहरुमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई समाजिक सुरक्षा कोषमा पनि सहभागी गराउन निर्देशन दिएको छ ।
तर मन्त्रालयले न्युनतम पारिश्रमिक कति हुनु पर्ने हो, त्यो भने खुलाएको छैन ।
अहिले पनि निजी अस्पतालका हजारौ स्वास्थ्यकर्मी समाजिक सुरक्षा कोषमा संलग्न भएका छैनन् ।