नेपालले माग्यो बेलायतसँग नयाँ भेरियन्टबारे पुष्टि

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरेका छन्।

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दावीसहित बेलायती पत्रपत्रिकाले समाचार प्रकाशित गरेपछि नेपालले बेलायत सरकारसँग माग गरेको हो।

‘यो खबर मिडियामा आएपछि बिहाननै मैले इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेल गरेको छु,’ डा. पौडेलले भने, ’ तर, अहिले सम्म कुनै जानकारी आएको छैन।’

डा. पौडेलले हालसम्म नेपालमा कुनै नयाँ भेरियन्ट फैलिएको पुष्टि नभएको दाबी गरे।

‘नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएका छन्। तर, यो नयाँ भेरियन्ट फैलिएको भन्ने कुराबारे हामी अनविज्ञ नै छौं,’ डा. पौडेलले हेल्थपोस्ट सँग भने।

नेपालमा कुन भेरियन्ट फैलिएको भन्नेबारे नियमित अध्ययन भइरहेको उनले बताए।

विश्व स्वास्थ्य संगठनले पनि नेपालमा नयाँ भेरियन्ट फेला परेको जानकारी दिएको छ।

 



Leave a Reply

Your email address will not be published.