प्रधानमन्त्री ओलीले भने– स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कानुन अनुसार कारबार्ही हुन्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कानुन अनुसार कारबार्ही हुने जनाएका छन्।
शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको समेत बताए ।
‘स्वास्थ्यकर्मीहरू माथि भएको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह दण्डनीय हुनेछ,’ ओलीले भने।
बिहिबार राती भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि भएको घटना अहिले चर्चामा रहेको छ।
२०७६ चैत्र २२ गते मन्त्रिपरिषद् निर्णय अनुसार कोरोना रोकथाम तथा नियन्त्रण उपचारको कार्यमा बाधा विरोध गर्ने व्यक्तिलाई ड्युट्मिा खटिएका सुरक्षाकर्मीहरूको कार्यसम्पादनमा आधारमा कारबार्ही हुने जनाइएको छ।