निषेधाज्ञा, झरी र सडक
काठमाडौं उपत्यकामा आजदेखि थप एकसाता लम्ब्याइएको निषेधाज्ञा पालना गराउन सडकमा सुरक्षाकर्मीले निकै कडाइ गरिरहेका छन्।
आजदेखि उपत्यकामा खाद्यान्न तथा किराना पसलहरूसमेत बन्द गरेर निषेधाज्ञा कडा पारिएको हो। तरकारी, फलफुल तथा दूध, पानी र ग्याँसका पसलहरू भने बिहान नौ बजेसम्मका लागि खोल्न अनुमति दिइएको छ।
आवागमन तथा सवारीमा पनि कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। अत्यावश्यक सेवा कार्यालयका कर्मचारीलाई कार्यालय आउनका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म र साँझ ५ देखि ६ बजेसम्म मात्रै सवारी चलाउनका लागि अनुमति दिइएको छ।