प्रक्रिया पुगेन वा केही अभाव भयो भनेर नागरिकले ज्यान गुमाउनु भएन : प्रधानमन्त्री

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रक्रियामा अल्झिएर नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।

कोरोना संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)को आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले भने ‘सरकारी प्रक्रियाहरू झन्झटिला छन् भने त्यसलाई छोट्याउनुस्। दिनमा हुने काम घण्टामै गर्नुस्। घण्टामा हुने काम क्षणमै गर्नुस्। तर प्रक्रिया नपुगेर कुनै पनि चीजको अभावले नागरिकले ज्यान गुमाउने अवस्था नआओस्।’

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब विस्तारै अक्सिजनको अभाव पनि नहुने बताए।

नेपालमा अहिले अक्सिजन उत्पादनको कमी, लिक्विड अक्सिजन भारतबाटै ल्याउनुपर्ने अनि सिलिन्डरहरूको अभावका कारण पनि अक्सिजनको अभाव चुलिएको उनले बताए।

‘तर अब अक्सिजनको धेरै अभाव नहोला’ उनले भने ‘हामीले विदेशबाट पनि ल्याइरहेका छौं। अब अलि कम होला। हामीले समाधान गरिरहेका छौं।’



Leave a Reply

Your email address will not be published.