डा. सन्तोष पौडेल भन्छन्- ‘ठूला मान्छे’ले अक्सिजन हरण गरे,सर्वसाधरणलाई बचाउँन सकिनँ, माफ गर
अत्यन्तै मर्माहत छु
साँझ ५:४९ बजे
आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो
‘सर, अक्सिजन सकिनै लाग्यो !’
‘कसरी !’ आज त हामीहरूलाई ५० सिलिण्डरका का दरले ४-४ घण्टामा दिने हैन र !
‘हो सर, तर ४ बजे आउनुपर्ने ग्यास अझै आएन । सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन ? अब १५ मिनेटलाई मात्र पुग्छ ।’
मैले कम्पनीको owner सँग फोन गर्छु, ‘…..जी खैत आज पनि त्यस्तै भो किन ? बिरामी त मर्छन् केहिबेरमा यदि supply भएन भने त ।’
‘४ बजे नै आउनुपर्ने किन ढिला भयो त ?’
ऊ- सर हजुरहरूलाई राखेको Oxygen Cylinder पुलिसको ठूलो मान्छेहरू आएर लिएर गए ।
हामीले के भन्ने सर, जबरजस्ती गरेपछि !
म ट्वाँ ! (रिस र पीडाले रुन मात्र सकिन)
म ; अब के हुन्छ ?
ऊ : हैन सर १० वटा पठइदिहाल्छु ।
म: यार तपाईं ! मानिसहरु Ventilator मा छन्, oxygen बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई ! ती मानिसको मृत्यु भएमा जिम्मेवार को ? तपाई कि म ! कि ती ‘ठूला पुलिस’ ?
ऊ- सर त्यो त म के भनुँ ।
नि:शब्द !
त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ
र भनेँ, यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू ?, बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस् !
उता : ….. यस्तै हो ..म बुझ्छु …..!!
पिडा छ हजुर
जीवनमा डाक्टर भएँ !
मानव जीवनलाई माया गरेँ ।
आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु,
मजस्तै जीवनहरू तिमीहरूलाई बचाउँन सकिनँ, माफ गर
हार्दिक श्रद्दान्जली प्रिय जीवनहरू !
(ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले सामाजिक सञ्जालमा बिहिबार बेलुकी राखेको अनुभव)