राष्ट्रिय ट्रमा सेन्टरले माग्यो ठुलो संख्यामा कर्मचारी, आवेदन अनलाइन मार्फत
राष्ट्रिय ट्रमा सेन्टरले ठुलो संख्यामा कर्मचारी माग गरेको छ।
कोभिड संक्रमितको उपचारका लागि विभिन्न पदका लागि कर्मचारी आवश्यक भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार एक सय जना नर्स र ४५ जना डाक्टरसहित १७१ जना कर्मचारीको आवश्यकता परेको छ।
ट्रमा सेन्टरले उक्त कर्मचारी ६ महिनाको लागि करारमा कर्माचारी नियुक्त गर्न लागेको जनाएको छ।
अस्पतालका अनुसार स्टाफ नर्स १००, मेडिकल अधिकृत ४०, कन्सलटेन्ट क्रिटिकल केयर विशेषज्ञ वा एनेस्थेसियोलोजिष्ट ५ जना, रेडियोग्राफर १० जना, ल्याब टेक्निसियन १० जना र हेबी सवारी चालक ६ जना गरी १७१ जना मागिएको छ।
आवेदकले अनलाइन मार्फत फारम भर्न सक्नेछन्।