
कोरोनाको दोस्रो लहर देशभर तीव्र भएको छ। दिनहुँ ९ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन् भने मृत्युदर पनि बढ्दो छ।स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार २४ घण्टा १ सय ३९ जनाको मृत्यु भएको छ।
संक्रमणदर आकाशिँदै जाँदा देशभरका स्वास्थ्य संस्थामा अक्सिजनको माग पनि बढ्दै गएको छ।
यसले गर्दा अक्सिजन अभाव आकाशिन थालेको छ।
अक्सिजन अभावका कारण अस्पतालहरुले संक्रमित भर्ना नलिने घोषणा गरिसकेका छन्। सँगै, अस्पतालहरुमा पनि बेड अभाव छ।
हेल्थपोस्टकर्मी दिनेश गोलेले आफ्नो क्यामरामा राजधानीको टेकु अस्पतालका दृश्य उतारेका छन्, जहाँ बेड पाउने आशामा पुगेका थुप्रै बिरामीहरु अस्पताल परिसरमा देखिए।
भुइँ र बेन्चमै उनीहरुको उपचार भइरहेको देखियो ।