हुँदै नभएका कनेक्सन र भ्रष्टाचारबारे हिलो छ्याप्ने काम भयो : प्रधानमन्त्री

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गरेका छन्।

विश्वासको मत लिनुअघि संसदमा बोल्दै उनले सरकारले आफ्नो ध्यान कोभिड नियन्त्रण र विकासतर्फ ध्यान दिइरहे पनि तर अनेक अप्ठ्याराहरूको सामना गर्नुपरेको बताए।

कोभिडको नाउँमा नभएका कनेक्सन र भ्रष्टाचारबारे प्रधानमन्त्री तथा सरकारमाथि हिलो छ्याप्ने काम भएको ओलीले जिकिर गरे।

पहिलाे लहरलाई सरकारले सफलतापूर्वक नियन्त्रण गर्न सफल भएको उनले दावी गरे। महामारीको बेला भ्रष्टाचार गर्नेलाई कारबाही गरिने ओलीले बताए।



Leave a Reply

Your email address will not be published.