एसइई र कक्षा १२ को परीक्षा स्थगित
राष्ट्रिय परीक्षा बोर्डले एसइई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ।
सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसइई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको र अवस्था सामान्य भएपछि पुन: परीक्षा तालिका प्रकाशन गरिने जानकारी दिए।