ट्रमा सेन्टरका सबै नन् कोरोनाका विरामी सार्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरलाई कोरोना अस्पताल घोषणा गरेसंगै त्यहाँ उपचाररत कोरोना संक्रमण नभएका विरामीलाई अन्तै व्यवस्थापन गर्न निर्देशन गरिएको छ।
मन्त्रालयले त्यहाँ उपचारमा रहेका विरामीलाई वीर अस्पताल र नेपाल अर्थोपेडिक अस्पतालमा पठाउन समेत ट्रमा सेन्टरलाई निर्देशन दिएको हो।
आज मन्त्रालयको सचिव स्तरीय बैठकले सो निर्णय गरेको हो।