कोभिसिल्ड उत्पादक पुनावाला भन्छन्–सत्य बोले मेरो टाउको छिनालिन्छ

हेल्थपोस्ट नेपाल

संसारकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआइआइ) का प्रमुख अदार पुनावालाले आफूलाई राजनीतिज्ञ र ‘शक्तिशाली मानिस’बाट कोभिसिल्ड भ्याक्सिनको छिटो डेलिभर माग्दै धम्की आउने गरेको गुनासो गरेका छन्।

लण्डनको द टाइम्स पत्रिकासँगको अन्तर्वार्तामा पुनावालाले भारतमा आफूलाई मानहानि र दोषारोपण गरिनेसमेत बताउँदै वेलायतमै नयाँ भ्याक्सिन उत्पादन युनिट सुरु गर्ने संंकेत गरे।

‘यसलाई धम्कीमात्र भन्दा थोरै हुन्छ,’ उनले भनेका छन्।

पुनावालाले आफूलाई त्यसरी फोन गर्नेमा भारतका सर्वशक्तिशालीमध्ये गनिने मुख्यमन्त्रीहरु, व्यापारिक घरानाका मूलिहरु समेत पर्ने उल्लेख गरे। ‘उनीहरुमा अपेक्षा र आक्रोश तह एकदमै बढी छ। सबैलाई लाग्छ, उनीहरुले भ्याक्सिन पाउनै पर्छ। आफू पहिले पाउनुपर्नेहरु पनि छन् भन्ने कुराुसँग उनीहरुलाई वास्ता छैन,’ उनले भने।

‘उनीहरु आफूलाई भ्याक्सिन नदिइए राम्रो नहुने भनेर थर्काउँछन्। उनीहरु भाषा खराब प्रयोग गर्दैनन्। तर लवज त्यस्तै हुन्छ। मैले उनीहरुले भनेको मानिन भने के हुनसक्छ भनेर मैले बुझ्नुपर्ने हुन्छ। यस्ता अवस्था झन झन बल्झिँदो छ। उनीहरुको माग पूरा नगरेसम्म कामै गर्न नदेलान्जस्तो भइसक्यो,’ पुनावालाले थपे।

पुनावाला आफ्नो परिवारसहित केही दिनयता लण्डनमा छन्। वेलायातले भारतबाट हवाइ उडान रोक्नुअघि नै उनी पत्नि र दुइृ बच्चासहित लण्डनतर्फ लागेका हुन्।

पुनावालाले वर्तमान अवस्थामा भारत फर्कने चाहना नभएरै आफू समय लम्बयाउँदै लण्डन बसेको खुलाए। ‘मेरो काँधमा सबै थोक छ, तर म एक्लै गर्न सक्दिनँ। कोही निश्चित व्यक्तिको आवश्यकता पूरा गर्न नसक्दा जे पनि हुन सक्ने भएपछि म पो के गरुँ?’उनले समस्या पोखे।

गत शनिबार राति उनले टिवट्मा लेखे–‘युकेमा हाम्रा सबै पार्टनर र सरोकारवालासँग गजबको भेटभयो। साथै पुनेमा कोभिसिल्डको उत्पादन पूरै क्षमताका साथ भइरहेको भन्न पाउँदा खुसी लागेको छ। केही दिनमा यसबारे थप जानकारी दिन चाहन्छु।’

भारत अहिलेको अवस्थामा पर्नुपछाडिको कारण के हो भनेर द टाइम्सले सोधेका प्रश्नमा उनले भनेका छन्–‘यदि मैले साँचो बोले भने मेरो टाउको छिनालिनेवाला छ। म चुनाव वा कुम्भमेलाका बारे केही बोल्न चाहन्न। यो एकदमै संवेदनशील छ। मलाई लाग्छ भगवानलाई पनि थाहा थिएन होला हाम्रो हालत यति खराब हुन्छ भनेर।’

यसैबीच अदारका बाबु साइरसलाई यसबारे द इण्डियन एक्सप्रेसले प्रश्न सोध्दा यति मात्र भने–‘अदार कामका सिलसिलामा विभिन्न ठाउँ गइरहन्छन्। यसपाला परिवारसहित गएका छन्।’

सिरमले अष्ट्राजेन्का र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिसिल्ड उत्पादन गरिरेको छ। अहिले भारतमा लगाइएको ९० प्रतिशत भ्याक्सिन कोभिसिल्ड नै हो। केही साता यता कोभिसिल्डको अभाव चर्कदै गएको छ।
द इण्डियन एक्सप्रेस



Leave a Reply

Your email address will not be published.