अक्सर्फोड टोलीले बनायो मलेरिया विरुद्धको खोप
अक्सर्फोड युनिभरसिटि र अस्ट्राजेनिकाले लामखुट्टेबाट सर्ने रोग ‘मलेरिया’ विरुद्धको खोप पत्ता लगाएका छन्।
हरेक वर्ष मलेरियाका कारण लाखौं मानिसको ज्यान जाने गरेको छ।
विश्वविद्यालयको अनुसनधानका आधारमा पत्ता लगाईको खोप ७७ प्रतिशतले काम गर्ने बताइएको छ।
अफ्रिकाको ४५० बालबालिकामा दोस्रो चरणको परीक्षण गर्दा यो रोग विरुद्ध ७७ प्रतिशतले काम गरेको विश्वविद्यालय अन्र्तगतको जेनर इन्स्टिच्युटले जनाएको छ।
सब साहारा अफ्रिका क्षेत्रका पाँच वर्ष मुनिका बालबालिकाहरुले पहिले खोप प्राप्त गर्ने भएका छन्। अफ्रिकामा मलेरियाका कारण हरेक वर्ष चार लाख बालबालिकाको मृत्यु हुने गरेको छ।
अक्सर्फोड र अष्ट्राजेनिकासंग काम गरिरहेको भारतको सिरम कम्पनीले यो खोपको उत्पादन गर्ने जिम्मा लिएको छ।
यो कम्पनी विश्वमै धेरै खोप उत्पादन गर्ने कम्पनी हो। खोपको अनुमति पाउने बित्तिकै धेरै संख्यामा उत्पादन गर्नेछ।
खोपले पूर्ण रुपमा लाइसन्स प्राप्त नगरेपनि यसले प्रदान गर्ने सुरक्षालाई ध्यानमा राखेर विश्व स्वास्थ्य संगठनले पाइलट प्रोजेक्टका रुपमा केन्या, मालावी र घानामा खोप वितरण गरिरहेको छ।