कानेगुजी निकाल्न एपोलोे, मेदान्त धाउने नेतालाई वीर बिग्रिएर के मतलव ?

हेल्थपोस्ट नेपाल

ओलीलाई (केपी शर्मा) नेपालका अस्पतालमा नेपाली डाक्टर र नर्सबाट सेवा लिनु पर्दैन, उनी त थाइल्यान्डमा जान्छन् । प्रचण्डको त झन् कुरै भएन, जनयुद्धको बेलामा जंगलमा नेपाली डाक्टर र हेल्थ असिस्टेन्टबाट आफ्ना लडाकुलाई उपचार गराएका, सत्तामा आएपछि आफू र परिवारका सदस्यसमेत बिरामी पर्दा विदेश नै गएर उपचार गर्नुपर्ने ‘रोग’ लाग्यो ।

परिवारको टाउको दुख्दा सिंगापुर, पेट दुख्दा थाइल्यान्ड जाने बानी बसेपछि उनलाई नेपालका अस्पतालहरू किन आँखा लाग्थ्यो र ? आफूलाई उपचार गराउन नपर्ने भएपछि साधारण जनतालाई जेसुकै होस् के वास्ता र ? त्यसैले जसरी भए पनि जुनसुकै तरिकाले भए पनि अनेक मेडिकल कलेज खोलेर गुणस्तरहीन स्वास्थ्यकर्मीहरू उत्पादन गरेर सबै दलका नेता आफ्नो बैंक बढाउन चाहन्छन् ।

कति मेडिकल कलेजमा प्रचण्ड, देउवा र उनका अनुयायीहरू त साधारण झाडापखला लाग्दा पनि त्यहाँ आउँदैनन् । नेताजीहरू र उनका परिवार समस्या पर्दा वीर अस्पतालसमेत जाँदैनन् । किनभने वीर अस्पताल त गरिबका लागि मात्र हो ।

राजनेताले वीर अस्पताललाई यसरी बिगारिदिएका छन् कि, बिचरो बूढो वीर अस्पताल टक्क उभिएको छ, आफूभित्र भएभरका पीडा बोकेर । त्यहाँको फोहोर शौचालयको दुर्गन्ध सुँध्न कर्णालीदेखि मेचीसम्मका बिरामी आउँछन् । त्यस्ता गरिब अशक्त बिरामीलाई जेठो अस्पताल भएर पनि केही पनि सुविधा दिन नसकेकोमा लाज अनुभव गर्छ बिचरो अस्पताल ।

नेताजीहरू जाने भए पो त वीर अस्पताल सफासुग्धर हुन्थ्यो । नेता पुत्र र पुत्री बिरामी भए जाने भए पो त वीर अस्पतालका शौचालय सफा गरिन्थ्यो । फिनेल हालिन्थ्यो, कुचो लगाइन्थ्यो । नेता र उनका परिवार त कानमा कानेगुजी फुलेर दुख्यो भने पनि उडेर मेदान्त र एपोलो जान्छन् र कानेगुजी निकाल्छन् । त्यसैले नेपालका वीर अस्पताल त जे होस् के वास्ता !

नेताजीहरू जाने भए पो त वीर अस्पताल सफासुग्धर हुन्थ्यो । नेता पुत्र र पुत्री बिरामी भए जाने भए पो त वीर अस्पतालका शौचालय सफा गरिन्थ्यो । फिनेल हालिन्थ्यो, कुचो लगाइन्थ्यो । नेता र उनका परिवार त कानमा कानेगुजी फुलेर दुख्यो भने पनि उडेर मेदान्त र एपोलो जान्छन् र कानेगुजी निकाल्छन् । त्यसैले नेपालका वीर अस्पताल त जे होस् के वास्ता !

त्यसैले नेताजीहरूले नेपालमा जतिसुकै मेडिकल कलेज खुलुन् जहाँ खुलुन् किन टाउको दुखाउनु र ? नेपालमा कलेजका पूर्वाधार पुगेको छ कि, छैन, पढाउने शिक्षक कस्ता छन् भने छलफल किन गरिरहनु प-यो र ? ‘नजाने गाँउको बाटै नसोध्दा’ हुन्छ ।
नेपालका विभिन्न स्कुलको नाम विदेशी भयो भनेर वितण्डा मच्चाएर स्कुल बन्द गराउने विद्यार्थी संगठनहरू अहिले मेडिकल शिक्षाको दुर्गति हुदाँ चुपचाप लागेर बसेका छन् ।

कुकुर बिरालो ‘दुर्भाग्यवश’ वरा अस्पतालमा उपचार गर्दागर्दै म¥यो भने कुकुर र बिरालोलाई सहिद घोषणा नगर्ने बेलासम्म जेलसम्म बाटो बन्द गरेर ‘सहिद’ कुकुर बिरालाका मालिकलाई १० लाख रुपैयाँ सरकारबाट दिलाएर नै छाड्ने सबै विद्यार्थी संगठन अहिले मौन छन्–मेडिकल शिक्षाको निर्ममतापुर्वक बलात्कृत गरिँदा र शिक्षा मारिँदा ।

नेताजीको कुकुर र बिरालोले बाटो काट्दा मोटरसाइकलले ठक्कर दिएर जनावरको एउटा खुट्टा भाँच्चियो भने ठूलो जुलुस निकाल्दै मोटरसाइकल चालकलाई पिटेर मोटरसाइकल जलाउँछन् । कुकुर बिरालो ‘दुर्भाग्यवश’ वरा अस्पतालमा उपचार गर्दागर्दै म¥यो भने कुकुर र बिरालोलाई सहिद घोषणा नगर्ने बेलासम्म जेलसम्म बाटो बन्द गरेर ‘सहिद’ कुकुर बिरालाका मालिकलाई १० लाख रुपैयाँ सरकारबाट दिलाएर नै छाड्ने सबै विद्यार्थी संगठन अहिले मौन छन्–मेडिकल शिक्षाको निर्ममतापुर्वक बलात्कृत गरिँदा र शिक्षा मारिँदा ।

किनभने विद्यार्थीहरू संगठनले वास्तवमा विद्यार्थीका प्रतिनिधिहरूले गरेका नै छैनन् । उनीहरू त भ्रातृ र भगिनी संगठन मात्र हुन् । दलका नेताहरूले स्वार्थसिद्धि गर्ने । तर भ्रातृ संगठनहरूका विद्यार्थीले किन बिर्सेका होलान् कि उनीहरूको परिवार बिरामी हुँदा चाहिँ उनीहरू मेदान्त र सिंगापुर जान सक्ने छैनन्, नेताहरू गए जस्तै । उनीहरूलाई त काठमाडौंका वीर अस्पताल, मेडिकल कलेज र तराईका अस्पताल जचाँउन आउनुपर्छ ।

(फेसबुकवालबाट)

 



Leave a Reply

Your email address will not be published.