स्वास्थ्यमा असन्तुष्ट समूहसँग वार्ता गर्न समिति गठन

हेल्थपोस्ट नेपाल

कर्मचारी समायोजन र नयाँ संगठन संरचनाप्रति असन्तुष्ट स्वास्थ्यका विभिन्न समूहसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । आन्दोलनरत हेल्थ असिस्टेन्ट र सरकारी चिकित्सक संघसँग वार्ता गर्न मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता समिति बनाएको हो ।
वार्ता टोलीमा विभागका महानिर्देशक डा. गुणराज लोहनी, प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाइँ र मन्त्रालयका समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठ छन् ।

मन्त्रालयबाट पठाएको संघीय संरचनामा शैक्षिक योग्यताभन्दा तहलाई प्राथमिकता दिइएको भन्दै एचएहरु आन्दोलनमा छन् भने, समग्र समायोजनमा सरकारी चिकित्सकमाथि विभेद भएको आरोप सरकारी चिकित्सकको छ । यीबाहेक विभिन्न समूह र उपसमूहसमेत आन्दोलनमा छन् ।
एचएले आन्दोलन थालेको छैठौं दिन मन्त्री उपेन्द्र यादवले वार्ता टोली गठन गरेका हुन् । वार्ता टोलीले सरकारी चिकित्सकसँग विहान १० बजे र हेल्थ असिस्टेन्ट १२ बजेटका लागि वार्ता तय गरेको वार्ता टोलीले जनाएको छ ।



Leave a Reply

Your email address will not be published.