क्यान्सर जितेकाहरु सुदिप्त सर्भाइभर -याम्प सोमा

हेल्थपोस्ट नेपाल

समयमै पहिचान र उपचारले क्यान्सर निको हुन्छ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले क्यान्सरलाई जितेकाहरु र्याम्पमा उत्रिएका छन् । विरामीमा आत्मविश्वास, अन्यमा जनचेतना जगाउँन नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प आयोजना गरेपछि रोग जितेकाहरुले मञ्च पाएका हुन् ।

र्याम्प सोमा क्यान्सर जितेका २४ जना महिला र ४ पुरुष सहभागी थिए । नियमित स्वास्थ्य परिक्षण गराएमा रोग निको हुन्छ भन्ने सन्देश जनमानसमा पुर्याउने सो आयोजना गरिएको आयोजकको भनाई छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले रोगसँग जोडिएका अनुभूति सुनाएका थिए ।

श्रेष्ठले यस कार्यक्रम भइरहँदा स्वर्गीय श्रीमतकिो याद आइरहेको बताए । क्यान्सर पीडित श्रीमतीको जीवन क्यान्सर लागेपछि पनि ६ वर्षसम्म लम्ब्याएको उनले सुनाए । ‘क्यान्सर रोगीलाई औषधी या उपचार मात्र होइन घर परिवारबाट मायाममता र साथले पनि उच्च मनोबल प्रदान गरिन्छ, जुन क्यान्सरलाई जित्ने मुख्य आधार हो ।’ श्रेष्ठले भने ।

क्यान्सर रोग उपचार गर्नका लागि नेपालमा पनि धेरै प्रविधि आइसकेको र उपचार गर्न बाह्य देश जान नपर्ने श्रेष्ठको भनाई थियो ।
अर्का अतिथि हरिवंश आचार्यले शरीरलाई देशसँग तुलना गर्दै आतंकवादग्रस्त देशलाई जसरी सिपाहीले लडेर जोगाएजस्तै शरीरको आतंककारी क्यान्सरलाई पनि परास्त गर्न सकिने विचार राखे । उनले क्यान्सर उपचारका लागि विदेशमा नेपालीले अर्बौं रुपैंया खर्च गरिरहेको भन्दै विदेशमा रहेको प्रविधि नेपालमा ल्याएर सुलभ रुपमा राम्रो प्रदान गर्न सकिने विचार राखे ।

‘नेपालमा गरीब पछ्यौट्पन, जनचेतनाको अभावले गर्दा क्यान्सर रोग परिक्षण गर्न कठीन छ,’ श्रेष्ठले भनिन्, ‘नेपालमा क्यान्सर रोगका कारण हुने मृत्युदर अकल्पनीय रुपमा बढिरहेको छ, जनचेतना बढाएर त्यसका कम गर्न सकिन्छ ।’

मिस नेपाल २०१८ श्रृखंला खतिवडाले क्यान्सर निको नहुने रोग हो भन्ने भ्रम हटाए नियमित स्वास्थ्य परिक्षणमार्फत समयमै रोगको पहिचानगरी उचित उपचार पाउँनसके रोक निको हुने बताइन् । क्यान्सर लागेका विरामीलाई हौसला र प्रेरणाबाट रोग जित्नसक्ने वा सामना गर्नसक्ने बनाउँन सकिने भनाई उनको थियो ।
कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठले विकसित मुलुकहरुमा क्यान्सर रोगबाट बच्ने जनचेतनाका थुपै अभियान र कार्यक्रम हुने भएको र नियमित र समयमा परीक्षणले पनि रोगबाट हुने मृत्युदर कम भएको अनुभव सुनाइन् । ‘नेपालमा गरीब पछ्यौट्पन, जनचेतनाको अभावले गर्दा क्यान्सर रोग परिक्षण गर्न कठीन छ,’ श्रेष्ठले भनिन्, ‘नेपालमा क्यान्सर रोगका कारण हुने मृत्युदर अकल्पनीय रुपमा बढिरहेको छ, जनचेतना बढाएर त्यसका कम गर्न सकिन्छ ।’
कार्यक्रममा क्यान्सर जितेका महिलाले नृत्यसमेत प्रस्तुत गरेका थिए । विरामीहरुलाई विभिन्न बैंकहरुले नगद सहयोग प्रदानसमेत गरेका थिए ।



Leave a Reply

Your email address will not be published.