२८ वर्षपछि बल्झिएको घाउ, ट्रमा सेन्टरमा सम्झनाले पाइन नयाँ जीवन
४ महिना मात्रै पुगेकी थिइन पाल्पाकी सम्झना पंगेनी।
दाहिने घुँडा बेस्करी सुन्नियो। घुँडाकै जोर्नीमा घाउ भयो।
बुबा–आमाले नजिकै स्वास्थ्यकेन्द्र लगे । घाउको जनरल शल्यक्रिया भयो।
शल्यक्रियापछि सुरुमा घाउ निको पनि भयो।
२८ वर्षपछि समस्या बल्झियो।
अलि–अलि दुखेपनि के कारणले भन्ने हो मेसो पाइनन्।
उमेर बढ्सँगै उनको दुखाई बिस्तारै बढ्दै गयो।
एक बर्षअघि उनको खुट्टा चल्नै छोड्यो।
हिड्ँडुल गर्न पनि साहारा चाहिने भयो।
दुःखाई बढ्दै गयो। उनी ओछ्यान नै परिन ।
स्थानीय अस्पतालमा चेकजाँच भयो। आयुर्वेददेखि एलोपेथीका धेरै थरी औषधि खाइन।
तर, दुई–एकको भएन।
अन्तमा आफन्तको सहयोगमा राष्ट्रिय ट्रमा सेन्टर आइपुगिन।
चिकित्सकले परीक्षणसँगै उपचार सुरू गरे।
सेन्टरका हाडजोर्नी विशेषज्ञ प्रा.डा दीपक दत्तकाअनुसार पंगेनीको घुँडाको जोर्नी कुहिएको हो।
जसलाई मेडिकल भाषामा ‘सेप्टिक आर्थराइटिस नि’ भनिन्छ।
गत आइतबार डा. दत्तको टिमले उनको जोर्नीको सफल शल्यक्रिया गरेको छ।
यस प्रकृतिको शल्यक्रिया जटिल खालको भएको डा. दत्तले बताए।
उनको शल्यक्रियामा करिब दुई घन्टा लागेको थियो।
‘खुट्टाको जोर्नी पुरै जाम थियो,’ डा. दत्तले हेल्थपोेस्टसँगको कुराकानीमा भने, ‘ विभिन्न समस्याले गर्दा शल्यक्रिया गर्न थप जटिलता थियो।’
घुँडा तथा हिपको जोर्नी पाक्ने समस्या ब्याक्टेरियाको कारणले हुन्छ।
‘ब्याक्टेरियाको संक्रमणको कारणले घुँडाको जोर्नी सुनिन्छ। पंगेनीकोमा यस्तै समस्या भएको थियो,’ डा. दत्तले भने।
घाउ तथा चोटपटक लागेर खुल्ला छाडिएको अवस्थामा र कुनै हड्डीको शल्यक्रिया गर्दा पनि ब्याक्टेरियाको थप संक्रमण फैलाउन्छ ।
यस्तो अवस्थामा अपांग नै बनाउनेदेखि घुँडा पुरै प्यारालाइसिसको अवस्थामा पुर्याउने डा. दत्त बताउँछन्।
पंगेननीको शल्यक्रिया हार्डजोर्नी विभागको युनिट ३को टोलीले गरेको थियो।

शल्यक्रियाको नेतृत्व डा. दीपक दत्तले लिएका थिए।
त्यसैगरी, एनथेसियाको तर्फबाट डा. सुजिता मानन्धरको नेतृत्वमा रेजिरेन्ट चिकित्सकको टोली थियो ।
डा. दत्तकाअनुसार हाडजोर्नीको ‘सेप्टिक आर्थराइटिस नि’ जोर्नी प्रत्यारोपण गर्न गाहो हुन्छ।
‘जोर्नी पाकेमा पुरै नचल्ने नै हुन्छ। यसले अपंगतामा नै पुर्याउँछ,’ उनी भन्छन्, ‘दैनिक जीवनमा पनि यस्ता व्यक्तिले अरुको साहयता लिनुपर्ने हुन्छ।’
पछिल्लो समयमा उनको घुँडा कुहिएकै अवस्थामा पुगेको थियो ।
यो समस्याका कारणले उनले सामाजिक भेदभावसमेत भोग्नुपर्यो।
जसका कारण उनी डिप्रेशनमा समेत गइसकेकी थिइन।
उपचार गर्नको लागि उनका लागि दुई वटा विकल्प थियो।
कि त जोर्नी नै पुरै जाम गर्ने कि जोर्नी फेर्ने।
जोर्नी पुरै जाम गर्नाले हिड्न त सक्थिन् तर, घुँडा खुम्चाउन सम्भव थिएन।
भखरै उमेरकी पुरै घुँडाको जोर्नी जाम गर्न चिकित्सक मनले मानेन।
तर, जोर्नी फेर्नको लागि धेरै चुनौतिको सामना गर्नुपर्ने थियो।
‘पहिलाको संक्रमणले जोर्नीको संरचनाको पुरै बिग्रिएको थियो। भित्रको माशंपेशी पुरै कसिलो थियो,’ डा. दत्त भन्छन्, ‘जोर्नी सिधा बनाउन सकिन्छ कि सकिँदैन भन्ने चुनौति थियो।’
एक दशक हार्डजार्नीको उपचारमा सम्लग्न डा. दत्तले ‘सेप्टिक आर्थराइटिस नि’ पहिलो पटक शल्यक्रिया गरे।
२ लाखमै सफल उपचार भयो ।
निजीमा यस्तो उपचार उपचार गर्न ५ देखि १० लाखको खर्च लाग्ने डा. दत्त बताउँछन्।
चिकित्सकको अनुसार अब पंगेनीले आफ्नो दैनिक जीवन सामान्य रुपमा विताउन सक्छिन् ।
तर, यस जोर्नीले २५ वर्षसम्म मात्रै काम गर्छ। त्यसपछि पुन जोर्नी फर्नु पर्ने हुन्छ।
‘घुँडा खिएको, बाङ्गो भएको मानिसको ट्रमा उपचार सम्भव छ। अन्य अस्पतालमा भन्दा सरल उपचार पनि हुन्छ,’ डा. दत्त भन्छन्।
सरकारी छात्रवृतिमै पढेका डा. दत्तको चाहाना जटिल उपचारको पहुँच गरिब, विपन्न वर्गसम्म पुर्याउने अभियानमा तल्लिन छन् ।
तर, अझै पनि मानिसले सरकारी अस्पताललाई सहज रूपमा विश्वास नगर्ने उनीको अनुभव छ।
‘अझै पनि सरकारी अस्पतालले सर्वसाधरणको मन जित्न सकेको छैन। जसका कारण आफ्नो दक्षताको उचित सदुपयोग हुन सकेको छैन,’ डा. दत्त भन्छन् ।
केही समयअघि मात्रै अस्पतालले हिप जोर्नी कुहिएको भागलाई प्रतिस्थापन गरेको छ।
हप्तामा ३–४ वटाभन्दा बढी हाडजोर्नीको शल्यक्रिया गर्ने गरेको छ।
सफल शल्यक्रिया भएपछि पंगनी समेत निकै खुसी छिन्।
स्वास्थ्य लाभ गरिरहेकी पंगेनीले डा. दत्तलाई देख्नासाथ मुस्कुराउँदै सोधिन – ‘डाक्टर सा’प कहिँले बाट हिड्न सक्छु?’
दत्तले भोलीबाट हिड्न सुझाव दिए।
‘थला परेकी मलाई ट्रमा र डाक्टर दत्तको टिमले नयाँ जीवन दिनुभयो’ पंगेनीले भनिन्, ‘ म एकदमै खुसी छु।’