अनमी गंगा रानामगरको निधन

हेल्थपोस्ट नेपाल

चितवन जिल्लाको शक्तिखोर स्वास्थ्य चौकीमा कार्यरत अनमी गंगा रानामगरको सडक दुर्घटनामा परी निधन भएको छ।

रानामगरको शुक्रबार बिहान १०ः४० मा कालिका नगरपालिका–८ भोर्लाघारीस्थित भित्री सडकखण्डमा जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गर्दा ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो।

उनलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएकोमा विहान ११ः०५ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

 



Leave a Reply

Your email address will not be published.