मिर्गौलाको उपचारका लागि रहरले बाहिर पैसा बुझाउन गएको होइन : प्रधानमन्त्री

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धि विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन्।

विश्व मृगौला दिवसको अवसरमा राजधानीमा आयोजित चेतनामुलक प्रभातफेरि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मिर्गौला केन्द्र स्थापना गरेर विशेषाज्ञता सेवा प्रदान गरिने बताए।

उक्त कार्यमा मिर्गौला रोग विषेशज्ञ एवं चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहको टोली सक्रिय रहेको उनले बताए।

मिर्गौलालाई रोग लाग्नबाट कसरी जोगाउने र रोग लागिहाले प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने भन्नेमा आफूहरूको ध्यान केन्द्रित रहेको प्रधानमन्त्री ओलीले बताए।

मिर्गौला स्वस्थ राख्न खानपानदेखि स्वास्थ दैनिकीसम्ममा ध्यान दिनुपर्ने उनले बताए।

‘केही मानिसहरूले मलाई बाहिर गएर उपचार गरायो भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइँन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उनले भने।

‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔं’ भन्ने नारासाथ देशभर आज विश्व मिर्गौला दिवस मनाइँदै छ।



Leave a Reply

Your email address will not be published.