नेपाल पेडियाट्रिक सोसाइटीको अध्यक्षमा डा. राई र महासचिवमा डा. पौडेल निर्वाचित

हेल्थपोस्ट नेपाल

नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) को अध्यक्षमा बरिष्ठ बालरोग विशेषज्ञ डा. गणेशकुमार राई निविरोध निर्वाचित भएका छन्।

त्यसैगरी, महासचिवमा डा. कृष्णप्रसाद पौडेल पनि निविरोध निर्वाचित भएका हुन्।

यसैगरी उपाध्यक्षमा डा. कैलाश प्रसाद साह निर्वाचित भएका छन्।

उनले १९९ मत प्राप्त गर्दै निवाचित भएका हुन्।

यस्तै कोषाध्यक्षमा डा. रामहरि चापागाईं पनि निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी सचिव पदमा डा. विष्णुरथ गिरी निर्वाचित भएका छन्। उनले १ सय ७६ मत प्राप्त गरेका थिए।

यस्तै सहकोषाध्यक्ष पदमा डा. राजु काफ्ले बिजयी भएका छन्।

सदस्यहरुमा डा. सुमित अग्रवाल २ सय ४४ मत, डा. स्मृति माथेमा २ सय ३६ मत, डा. प्रकाश जोशी २ सय २४ मत, डा .संगिता शाक्य २ सय १३ मत, डा. ओमकृष्ण पाठक २ सय ७ मत र डा. दीपक राजभण्डारी १ सय ८७ मतका साथ विजयी भएका छन्।

यस्तै डा. महेशकुमार गौतम १ सय ८६ मत र डा. अंशु झा पनि १ सय ८२ मतका साथ सदस्य पदमा निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ।



Leave a Reply

Your email address will not be published.