प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन्।
उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु पनि अवलोकन पनि गरे।
बिर्तामोड निवासी दुर्गा प्रसाइँको ६ अर्ब रुपैयाँको निजी लगानीमा अस्पताल निर्माण भएको हो। अस्पतालमा तीन सय शय्या छन्।
करीब एक वर्षअघि नै सेवा सुरु गरेको अस्पतालको मंगलबार विधिवत् उद्घाटन भएको हो।
एक वर्ष अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ।