नुहाउँदा गर्नु हुँदैन यस्ता गल्ती
स्वस्थ र फिट रहनका लागि नियमित नुहाउनु निकै आवश्यक हुन्छ। नियमित नुहाउँदा शरीरमा स्फुर्ति आउनुका साथै सफा हुन्छ। सधै नुहाउँदा थुप्रै बिरामीबाट पनि जोगिन सकिन्छ।
तर, नुहाउँदा धेरै मानिसले गल्ती गर्नेगर्छन्। जसले गर्दा शरीरमा क्षति पुग्नसक्छ। नुहाउँदा गलत साबुनको प्रयोग गर्नुहुँदैन। हल्का साबुनको प्रयोग गर्नु राम्रो मानिन्छ। जसमा तेल र क्लिन्जरको गुण हुन आवश्यक हुन्छ। गलत साबुनको प्रयोगले छाला सम्बन्धि समस्या पैदा हुनसक्छ।
नुहाइसकेपछि शरीर पुछ्ने टावेल सफा हुनुपर्छ। सधै टावेललाई घाममा सुकाउनुपर्छ। र, हप्तामा एक पटक धुनुपर्छ। चिसो टावेलको प्रयोग गर्नु हुँदैन। त्यसमा थुप्रै व्याक्टेरिया हुनसक्छन्।
नुहाउँदा लुफाको प्रयोग निकै राम्रो मानिन्छ। हप्तामा एक पटक लुफाको प्रयोग गरेर नुहाउनु उपयुक्त मानिन्छ। तर, लुफालाई बाथरुममै छोड्नु हुँदैन। नुहाइसकेपछि घाममा सुकाइदिनुपर्छ। र, तीन अहप्तामा लुफा फेर्नुपर्छ।
नुहाउँदा बाथरुम फ्यान बन्द गर्नु हुँदैन। नुहाउँदा वा नुहाइसकेपछि बाथरुम फ्यान केही समयका लागि चलाउनुपर्छ। बाथरुम फ्यानलाई बन्द गर्दा बिस्तारै-बिस्तारै बाथरुमको दिवालमा क्षति पुग्छ।
यस्तै निकै तातो पानीले पनि नुहाउँनु हुँदैन। बढी तातेको पानीले नुहाउँदा छालामा इन्फेक्सन आउने समस्या हुनसक्छ।
कपाललाई सधै स्याम्फु प्रयोग गर्नु हुँदैन। र, नियमित कपाल धुनु पनि हुँदैन। यसले कपालमा सुख्खापन ल्याउनसक्छ। कपालमा सुख्खापन हुने समस्या भए बाल झर्ने हुनसक्छ।
नुहाउँदा शरीरका केही अंगमा साबुनको प्रयोग कम गर्नुपर्छ। काँख, कम्मर, खुट्टाको पैतला मुनी र अनुहारमा साबुन कम लगाउनुपर्छ। गुप्ताङ्गमा पनि साबुनको कम प्रयोग गर्नुपर्छ।
छालामा कतै सानोतिनो घाउ भएको भए नहाउँदा छोप्नु हुँदैन। र, नुहाइसकेपछि नरम लुगाले सफासँग पुछेर पट्टी लगाउनुपर्छ।
छालालाई मुलाएम राख्न नुहाउने बित्तिकै मोस्चराइजर लगाउनुपर्छ। नुहाएको केही समयपछि मोस्चराइजर लगाउँदा त्यसको कुनै फाइदा हुँदैन।