स्वस्थ र फिट रहन अपनाउनुस् यी योगासन

हेल्थपोस्ट नेपाल

स्वस्थ र फिट रहनका लागि नियमित योगाभ्यास गर्नुपर्ने हुन्छ। नियमित योगाभ्यास गर्दा बिरामी हुनबाट जोगिन सकिन्छ।

हामी स्वस्थ रहनका लागि थुप्रै उपाय अपनाइरहेका हुन्छौं। तर, नियमित योग गर्नेहो भने रोगबाट जोगिन सकिन्छ। नियमित तल दिएका चार योगासन गर्नेहो भने मात्रै धेरै रोगबाट जोगिन सकिन्छ।

ताडासन

दैनिक ताडासन गर्दा शरीर स्वस्थ तथा फिट रहन्छ। ताडासन गर्नु सहज पनि हुन्छ।ताडासन उभिएर गरिने आसन हो।

नियमित रूपमा यो आसन गर्दा पेट सम्बन्धि समस्याबाट मुक्ति पाइन्छ। पाइल्सको समस्या भएकाहरूका लागि पनि यो आसन निकै लाभदायक हुन्छ। पाइल्सका बिरामीले सधै यो आसन गरेर स्वास्थ्यलाभ लिन सक्छन्।

भुजंगासन

स्वस्थ र फिट रहनका लागि नियमित भुजंगासन गर्नुपर्छ। भुजंगासन गर्दा फोक्सो मजबुद हुन्छ। नियमित भुजंगासन गर्दा पेटको बोसो पनि घट्नपुग्छ। फोक्सो सम्बन्धी कुनै समस्या भए नियमित यो आसन गरेर लाभ लिन सकिन्छ। यो आसन गर्न पनि सहज छ। नियमिततालाई ध्यान दिँदै यो आसन गर्नेहो भने हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुग्छ।

शवासन

शवासन गर्नु पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। यो आसन पनि निकै सहज आस हो। उच्च रक्तचाप भएका मानिसले नियमित रूपमा यो आसन गरेर स्वास्थ्यलाभ लिन सक्छन्। यो आसन गर्दा अनिन्द्रा तथा तनाव पनि टाढा हुन्छ।

उष्ट्रासन

स्वास्थ्य फिट राख्नका लागि सधै उष्ट्रासन गर्नुपर्छ। यो आसन नियमित गर्दा थुप्रै स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ। उष्ट्रासनको अर्थ ‘उष्ट्र’ अर्थात उट भन्ने हुन्छ। यो आसन गर्दा शरीर उट जस्तै लाग्छ। यो आसन गर्दा तौल बढ्ने र डाइबिटिजको समस्याबाट छुटकारा पाउन सकिन्छ। यसका अलावा यो आसन गर्दा मन शान्ती हुन्छ।



Leave a Reply

Your email address will not be published.