माघ १४ बाट नेपालमा कोरोना खोप लगाउन सुरू गरिन्छ : प्रधानमन्त्री ओली

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन्।

खोप लगाउनका लागि सम्पूर्ण तयारी भएको उनले जानकारी दिएका छन्।

सशस्त्र प्रहरी बलको २०औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरवात भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’ मा पुगेको बताए।

ओलीले पहिलो चरणमा फन्टलाइनमा रहेर कोरोनाविरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने बताए।



Leave a Reply

Your email address will not be published.