सोमबार वर्षकै चिसो दिन, शून्यमा झर्यो तापक्रम
उपत्यकामा आइतबारदेखि चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ । उत्तरी गोलार्धबाट नेपालको आकाशमाथि वायु आइरहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार सोमबार विहान ५ बजेर ४५मा उपत्यकामा यो वर्षकै चिसो मापन गरिएको थियो । जतिबेला उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियास थियो । दिउँसो घाम लाग्दा १९ डिंग्रीसम्म पुगेको थियो ।
मौसमविद् मीनकुमार अर्याल भन्छन्, ‘अब एक–दुई दिनसम्ममा पश्चिमी वायुको प्रभावले बिस्तारै नेपालमा बादल प्रवेश गर्दै छ ।’ उनले भने, ‘आज र भोलि अलि बढी नै जाडो रहनेछ ।’ बुधबारदेखि मध्य र उच्च पहाडी भेगमा समेत वर्षा हुने महाशाखाको अनुमान छ ।
उनका अनुसार भोलि मंगलबार रातिबाट विशेषगरी पहाडी भेगमा बादल लागेर वर्षा हुने संभावना समेत छ । यसवर्ष हालसम्म काठमाडौंको तापक्रम शून्य ड्रिग्रीबाट तल झरेको छैन भने जुम्लामा माइनस ५.१ डिग्रीसम्म झरेको छ । यसभन्दा तल तापक्रम झर्ने सम्भावना नरहेको अर्यालले बताए ।
बुधबारदेखि मध्य र उच्च पहाडी भेगमा समेत वर्षा हुने महाशाखाको अनुमान छ । उनका अनुसार भोलि मंगलबार रातिबाट विशेषगरी पहाडी भेगमा बादल लागेर वर्षा हुने संभावना समेत छ ।
त्यसैगरी, भोलि बेलुकाबाट पश्चिमी वायुको सामान्य प्रभाव देखापर्नेछ । त्यसले गर्दा तापक्रम फेरि बढ्ने अर्याल बताउँछन् । आकाशमा बादल लागेपछि तापक्रम बढ्नेछ । दिउँसोको समयमा बादल नलाग्ने हुनाले चिसोको अनुभूति अलि धेरै नै हुने गर्छ ।
वायुमण्डल सफा नभएका कारण एवम् प्रदूषणका कारण पनि कम्ल्पिट रेडिएसनहरू पृथ्वीमा पर्दैनन् । त्यसकारण पनि मौसम चिसो हुने गर्छ । वायुमण्डल सफा भएका वेला सूर्यको किरण पृथ्वीमा धेरै पर्ने गर्छ ।
उनका अनुसार वायुमण्डल सफा नभएका वेला सूर्यको किरण वायुमण्डलमा भएको प्रदूषणले लिने गर्छ । पृथ्वीमा सोलाल रेडिएसन कम मात्रामा पर्ने गर्छ । सोलार रेडिएसन पृथ्वीको सतहमा पर्नु भनेको फेरि चिसो बढ्नु नै हो ।