‘स्वास्थ्यका कर्मचारी समायोजन यसरी टुंगाउँछु’
पुस १० गते म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियुक्त भए। १२ गते मैले कार्यभार सम्हाले। आज कार्यभार सम्हालेको १५ दिन भयो।
मैले मूलरूपमा तीन विषय प्राथमिकतामा राखेको छु। खोपलाई अभियानको रूपमा सञ्चालन गर्ने।
दोस्रो प्रत्येक पालिकामा ५, १० र १५ शैय्याको अस्पताल निमार्ण गर्ने सरकारको लक्ष्य रहेको छ। जुन दक्षिण एसियामै महत्वपूर्ण कार्यक्रमको रूपमा सरकारले अगाडि बढाएको छ।
तेस्रो कर्मचारी समायोजन चाडैं टुग्याउने।
हामीले नीतिगत कानुनीलगायतका अन्य समस्या समधान खोपको सन्दर्भमा गरिसकेका छौं। केही विषय बाँकी पनि छन्। जुन मन्त्रिपरिषद्को निर्णय छन्। त्यसलाई हामी छिट्टै समाधान गर्नतर्फ लागेका छौं।
केही मिडियामा सरकार खोपको विषयमा गैरजिम्मेवार ढंगमा रहेको भन्ने समाचार प्रकाशन भए।
खोप
हाम्रो छिमेकमा खोप सञ्चालन हुँदा नेपालीले कहिले पाउने? भन्ने सम्रग विषयलाई तपाईहरू समक्ष हाम्रो तयारी कस्तो छ भन्ने बारे म जानकारी दिन चाहन्छु।
खोपको प्राप्ति अन्य व्यवसायिक वस्तुको प्राप्ति जस्तो होइन। यो राजनीतिक वस्तुको रूपमा देखा परिरहेको छ।
हुनत खोप स्वास्थ्य साम्रगी हो। तर, यो राजनीतिक साम्रगीको रूपमा देखा परेको छ।
केही निश्चित देशमा खोपको विकास भएको छ।
खोपको सन्र्दभमा विभिन्न राष्ट्रका उच्चपदस्थ व्यक्तिगत भेटघाट भयो। हामीलाई के विश्वास हुन थाल्यो भने अन्य छिमिकी राष्ट्रमा खोप सुरू भइसकेको छ। उहाँहरू भन्दा हामी धेरै पछाडी हुने स्थितमा छैइनौं।
हाम्रो देशमा पनि आन्तरिक तयारी धेरै हदसम्म अगाडी बढेको छ। खोप प्राप्तिको विषयमा सरकार गम्भीरता पूर्वक आफ्ना हरेक च्यानल, सम्भावना अगाडि बढाउँदै लगेको छ। खोपको लागि जति सम्भावना छ, त्यति सम्भावनाको खोजी गर्दै आमजनतालाई विश्वास दिलाउन चाहन्छु।
विश्वास के गर्नुहोस भने यो खरिद प्रक्रियामा पूर्णतया पार्दशकिता हुनेछ, वितरण न्यायपूर्ण हुनेछ।
स्वास्थ्य मन्त्रालयले खोपका लागि लक्षित समूह बनाएका छौं। प्राथमिकताका आधारमा ३, १७ र १७ प्रतिशत छ। त्यसबाहेकका कोभ्यासबाट पनि खोप पाउने सुनिश्चिता भएका छन्।
जसबाट २० प्रतिशत जनसंख्यालाई पुग्ने खोपको सुनिश्चिता गरिसकेका छौं। यही क्रममा मलाई के लाग्छ भने यस खोप खरिद प्रक्रियामा निजी क्षेत्रमा समावेश गराउँछाैं।
बाहिर जति चर्चा भइरहेको छ। विशेषगरी के हो भने सरकारले आफू पनि नल्याउने र निजीलाई पनि ल्याउन दिने कठोरतामा सरकार लागेको छ भन्ने हल्ला चलेको छ।
त्यो बिलकुलै होइन। सरकार प्राथमिकता साथ पारदर्शि ढंगले सरकार–सरकार बीचको प्रक्रियालाई अगाडी बढाउँछ। मुख्य जोखिममा रहेका ३ प्रतिशत स्वास्थ्यकर्मी, जुन फन्टलाइनमा रहनुभएको छ। त्यसपछि ५५ बर्षउमेरमाथि रहेका र दीर्धरोगीले खोप पाउनुहुनेछ।
त्यसपछि मात्र हामीले २० प्रतिशत मानिसलाई खोप दिने भनेर आकलन गरेका छौं। त्यस विषयमा तथ्यांक सकंलन गर्ने काम केही पुरा भएको छ भने कतिपय काम प्रक्रियामै छन्। अहिले कानुनी जटिलता समाप्त भएको अवस्था छ।
आर्थिक रूपमा अर्थ मन्त्रालयले सुनिश्चिता गरेको छ।
व्यवसायिक तथा राजनीतिक रूपका प्रभाव प्रयोग गरिरहेका छौं। म आफ्नो सम्बन्ध ती राष्ट्रका राजनीतिकर्मीसँग भरपुर प्रयोग गरिरहेको छु। खोप छिट्टोभन्दा छिट्टो अन्य देश सरह नै ल्याउने प्रक्रियामा अगाडि बढेका छौं।
मैले पहिल्यै नै भनेकी यो एकदमै पादर्शिक ढंगले हुनेछ। जे जति विकृतिको आशंका विभिन्न सञ्चार माध्यम वा गैरजिम्मेवारी ढंगबाट भइरहेको छ। त्यसलाई म झुटो सावित गर्छु।
आउँदो केही समयमा सम्पूर्ण नेपालीले चरणवद्ध रूपमा खोप पाउँछन्। यसैसन्दर्भमा खोपलाई अभियान र मिसनको रूपमा लिएका छौं।
जनताको जीवनसँग जोडिएको छ खोप। विश्वकोले खोपलाई प्राथमिकता दिइरहेको छ। पहिला—पहिलाका महामारी विश्वमानचित्रको कुनै भूभागमा आउने गर्दथे। त्यसलाई सामधान गर्न अलि सहज थियो। तर, यो कोभिड १९ को माहामारी पुरै विश्वलाई प्रभाव पारेको छ।
विश्वमा प्रभाव पारेको अवस्थामा हामीसँग भएको सम्पूर्ण प्रयत्न गरिरहेका छौं।
करिब करिब हामीले १६ हजार खोपकेन्द्रहरू सञ्चालन गरेका छौं, तिनीहरूलाई परिचालित गरिने छ। यस कार्यमा खट्नको लागि करिब ५ हजार कर्मचारी छन्। ५२ महिला स्वयसेवक परिचालन गर्न सक्ने हामीसँग क्षमता छ।
खोप भण्डार हामीसँग पुग्दो अवस्था छ। त्यसको ढुवानीको लागि सुनिश्चित बनाएका छौं। विभिन्न देशमा कुटनीति नोट पठाइसकेको र राजनीतिक पहलकदमी अगाडि बढिरहेको छ।
खोप प्राप्त गरेको ७ दिनभित्रमा खोप सञ्चालन गर्ने मन्त्रालयले तयारीमा काम गरिसकेको छ।
अस्पताल निमार्ण
दक्षिण एसियामा दोस्रो महत्वपूर्ण काम अस्पताल निमार्ण हो। यसको लागि पनि पालिकाहरूमा रकम पठाइसकेका छौं।
५ शैय्याको लागि ७ करोड ११ लाख ५८, १० शैय्याको लागि १० करोड ८३ लाख ३६ हजार र १५ शैय्याको लागि १८ करोड ६ लाख ८२ हजार अनुमानित लागत छ।
यसको पहिलो किस्ता सम्पूर्ण अस्पतालमा पठाइसकेका छौं।
केही अस्पताल निमार्ण सहरीकरण मन्त्रालयले पनि गर्नुपर्ने देखिएको छ। केही ठाउँमा स्थानीय विवादले गर्दा समस्या छ।
त्यसलाई पनि सहजरीकरण गर्न अधिकृत अन्तर्गतको डेडिकेटेड ट्रान्सर्पोट निमार्ण गर्न प्रक्रियामा अगाडी बढेका छौं।
यसले नेपालको स्वास्थ्य प्रणालीलाई मूलभूत र आधारभूत रूपले परिवर्तन गर्ने छ। दक्षिण एसियामा यति महत्वकाक्षी योजना अगाडी सारेको थिएन। तर, नेपालले आँट गरेर काम गरेको छ। यो काम पुरा गरेर छोड्ने छौं। म यो प्रतिबद्धता व्यक्त गर्दछु।
कर्मचारी समायोजन
तेस्रो विषयमा कर्मचारी समायोजनमा देखिएका केही जटिलताहरू हुन्।
स्वास्थ्य मन्त्रालयमा समायोजनको जटिलता धेरै देखिएको छ। किनभने भने यसभन्दा अगाडि मैले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मैले समालेको थिए।
त्यहाँ सम्रस्त निजामति कर्मचारी समायोजनका केही समस्याहरू थिए र हामीले केही हदसम्म हल गरेको अवस्था पनि छ। त्यसैलाई आधार बनाएर यस मन्त्रालयको कर्मचारीको समस्यालाई छिट्टै नै समधान गर्न तर्फ अगाडि बढ्नेछु। त्यो मेरो तेस्रो प्राथमिकता हो।
स्वयं कर्मचारीको वृद्दि विकास र असुरक्षित रहेको अवस्थामा मनोबल नै खस्कने गरी काम गर्न गाहो हुन्छ। यो कुरा मैले बुझेको छु।
त्यसलाई यो विषयलाई महत्वपूर्णसाथ अगाडी बढाउने छौं।
यस विषयमा संघीय मन्त्रालयसँग सहकार्य गर्दै यसलाई समधान गरिने छ।
मन्त्रिपरिषद्ले पनि केही आधारहरू पारित गरिसकेको छ। कर्मचारी संशोधन त नभनौं, त्यसलाई निदान गर्नको लागि। कानुनी रूपले शंसोेधन गर्ने आधार त छैन।
त्यसलाई निदान गर्नको लागि मन्त्रिपरिषद्को निर्णयको आधारमा, सामान्य प्रशासन मन्त्रालयको सहकार्यमा स्वास्थ्य मन्त्रालयका कर्मचारीको समायोजन समस्या हल हुन्छ।
सरकारले सबैलाई निशुल्क रूपमा खोप लगाउँछ। आधारभूत रूपले निशुल्क नै खोप लगाउने हाम्रो प्रतिवद्धता हो। यो प्रतिवद्धता हामी पुरा गर्छौं।
(मन्त्री त्रिपाटीले आज पत्रकार सम्मेलनमा राखेको धारणाको सम्पादित अंश)