किन सन्तान दिन असमर्थ हुन्छ पुरुष? यस्ता छन् कारण
विवाहिता दम्पतीका लागि निसन्तान ठूलो सामाजिक र स्वास्थ्य समस्य बन्ने गरेको छ। वैज्ञनिक आधारमा विवाहको एक दुई वर्षसम्म कुनै साधन नअपनाई यौनसम्पर्क राख्दा पनि गर्भ रहेन भने त्यसलाई निसन्तान समस्या मानिन्छ।
चिकित्सकहरूका अनुसार नेपालका सन्दर्भमा करिव १० प्रतिशत दम्पत्तिमा निसन्तानको समस्या छ। सन्तान नहुने समस्यामा करिव ३० देखि ४० प्रतिशत कारक पुरुषमा हुने समस्या हुन्छ र ४० देखि ५० प्रतिशतमा महिलाले हुन्छ।
१० प्रतिशतमा दुवैमा खराबी तथा बाँकी १० प्रतिशतमा कुनै कारण नै पत्ता नलाग्नसक्छ। पुरुषजन्य निसन्तानका कारणको निदान र उपचार संभव छ।
नियमित रुपमा एक वर्षसम्मको कुनै साधन बिना सहबासपछि पनि बच्चा नभएमा जाँच पड्ताल गराउनुपर्ने चिकित्सकहरू बताउँछन्।
सन्तानको चाहाना राखेर नियमित सहवाह गरिरहेको अवस्थामा महिलाको उमेर ३५ र पुरुषको उमेर ४० नाघी सकेको छ भने ६ महिनासम्ममा बच्चा भएन नै चिकित्सकसँग स्वास्थ्य परामर्श लिनुपर्ने हुन्छ।
सामान्यतः दम्पतिहरूले ख्यान नपुर्याउने कुरा भएको विवाहको दोश्रो वर्षपछि दम्पतीको प्रजनन क्षमता दरमा कमी हुन्छ।
त्यस्तो अवस्थामा सन्तान हुने कुरामा अप्ठ्यारो आएको आशंका हुनासाथ चाँडै स्वास्थ्य परीक्षण गराउन चिकित्सकहरू सुझाउँछन्।
ढिला गर्दा सामान्य उपचार र सल्लाहबाट ठिक पार्न सकिने समस्या पनि जटिल बन्नसक्छ।
चिकित्सकहरूका अनुसार पुरुषका कारण हुने निसन्तानको समस्यको प्रमुख जड शुक्रकीटको उत्पादन, डिम्बसँग हुने मिलनसँग सम्बन्धित छ।
विशेषगरी शुक्रकीटको बनावटदेखि शुक्रकिट बन्ने प्रक्रियामा समस्या उत्पन्न हुनु, शुक्रकीट मार्गमा अवरोध, योनीमा स्खलन हुँदा उत्पन्न हुने समस्याका कारणले पुरुषले सन्तान दिन सक्दैन्।
चिकित्सकहरूका अनुसार पुरुषको अण्डासय अण्डकोषमा झर्न नसक्नु, अण्डकोष सुन्निनु, वंशाणुगत कारणले पनि पुरुष निसन्तानका कारण हुन्।
कतिपय औषधिको प्रयोगको अवस्था र इन्डोक्राइन (अन्तश्राव) ग्रन्थीको कामममा समस्या उत्पन्न हुँदा शुक्रकीट बन्न सक्दैन्।
त्यसबाहेक कतिपय पुरुषमा शुक्रकिटवाहिनी नली नै नहुनु, शुक्रकिटको गति ढिला हुनुले पनि सन्तान हुने प्रक्रियामा अवरोध गर्छ।
संक्रमण तथा चोटका कारणले शुक्रकिटवाहिनी नली नै थुनिएको अवस्थामा पनि पुरुषको वीर्य र महिलाको डिम्ब मिल्ने अवस्था नै आउँदैन्।
शारीरिक समस्याबाहेक कतिपय अवस्थामा पुरुषमा लिंक नउठ्ने वा उत्तेजना नहुने जस्ता मानसिक समस्या पनि हुनसक्छ।
पुरुषमा पिसाब खुल्ने प्वाल सही ठाउँमा नभएको अवस्थामा पनि विर्य योनीमा जम्मा हुन नसक्दा सन्तान उत्पादनमा अवरोध हुन्छ।
कतिपय अवस्थामा पोषिलो पदार्थ नपुगेर शुक्रकिटको चाल, संख्या, बनावटमै समस्या हुनाले पनि निसन्तानको समस्या हुनसक्छ।
कसरी गर्ने परीक्षण
चिकित्सकहरूका अनुसार चिकित्सकहरू सुरुमा प्रयोगशाला अन्य परीक्षण पूर्व क्लिनिक जाँच गर्छन्। जसमा विवाह वा यौनसम्बन्धी हिड्री, धुम्रपान वा मद्यपानसम्बन्धी वानीसम्बन्धी सोधीखोजी गर्छन्।
चिकित्सकहरूका अनुसार हाँडे, मधुमेह, अण्डकोष वरिपरी हुने समस्या, अत्यधिक तापक्रम हुने ठाउँको बसोबास वा काम भए नभएको कुराले पुरुषको सन्तानउत्पादन क्षमतामा फरक पार्छ। चर्को ताप निस्किने कारखाना वा अत्यधिक गर्मी ठाउँमा (खुल्ला ठाउँमा) काम गर्ने पुरुषमा शुक्रकीट बढी संख्यामा मर्ने भएकोले पनि सन्तान उत्पादनमा समस्या हुने चिकित्सकहरूको भनाई छ।
त्योबाहेक लिंक उत्तेजना, लिंग प्रवेशलगायतका विषयमा जानकारीपछि चिकित्सकहरूले आवश्यकत अनुसार विर्य, शुक्रकीटको संख्या, जाललगायतका परीक्षण गर्छन्।
अन्य परीक्षणबाट शुक्रकीटको विकासमा योगदान गर्ने हर्मनको रागतमा जाँच, अण्डकोषको भिडियो एक्सरे वा वायस्पीलगायतको जाँच पनि आवश्यक पर्नसक्ने चिकित्सकहरू बताउँछन्।