सुरक्षित गर्भपतन र परिवार नियोजन सम्बन्धी जानकारी चाहियो : ‘११४३’ मा कल गर्नुस्

हेल्थपोस्ट नेपाल

सुनौलो परिवार नेपाल र मेरी स्टोप्स नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवा तथा जानकारीका लागि नयाँ हेल्पलाइन कोड सुचारु गरेको छ। अब निःशुल्क परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी जानकारी चाहिएमा नि:शुल्क हेल्पलाइन नम्बर ११४३ मा सम्पर्क गर्न सकिने छ।

हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाइमा प्रजनन् सम्बन्धि निर्णय लिन सहयोग गर्ने बताइएको छ।

सुनौलो परिवार नेपाल र मेरी स्टोप्स नेपाल अन्तर्राष्ट्रिय एजेन्सी मेरी स्टोप्स इन्टरनेसनलको शाखा हो। सन् १९७६ मा स्थापित मेरी स्टोप्स इन्टरनेसनल एक अन्तर्राष्ट्रिय गैरसरकारी संगठन हो जसले संसारभर ३७ देशहरूमा सुरक्षित गर्भपतन र परिवार नियोजनसम्बन्धि सेवा र जानकारी प्रदान गर्दै आएको छ।

११४३ पछाडिका ३ अ‌कले ‘आइ लभ यू’ भन्ने बुझाउछ। यसले आफ्नो प्रेमिकाप्रति माया र स्यहारको भाव व्यक्त गर्छ। यो सेवाहरू हरेक दिन बिहान ७ बजे देखि राती १२ बजे सम्म खुला रहनेछ।



Leave a Reply

Your email address will not be published.