नेकपा स्थायी कमिटीमा सदस्यको माग – सरकारी मेडिकल कलेज खोलौँ

हेल्थपोस्ट नेपाल

नेकपा स्थायी कमिटी सदस्य रघु पन्तले सरकारले नै लगानी गरेर शिक्षण अस्पतालसहितको सरकारी मेडिकल कलेज खोल्नुपर्ने माग गरेका छन् ।
२९ मंसिरदेखि जारी स्थायी कमिटी बैठकमा बिहीबार पन्तले जिल्लामा चिकित्सक अभाव रहेको, खटाएको ठाउँमा जान नमान्ने र दक्ष जनशक्ति नेपालबाहिर पलायन भइरहेको भन्दै सरकारले विपन्न र जेहेन्दारलाई छात्रवृत्ति दिएर पढाउँदा गाउँमा खटाउन सहज हुने बताए ।

ठूलो संख्यामा निजी मेडिकल कलेज खुले पनि चिकित्सकहरुलाई गाउँमा परिचालन गर्नै नसकिएको उनको भनाइ थियो । ‘सुविधासम्पन्न अस्पताल खोलौँ, ४० लाख शुल्क लाग्छ भने ३० लाख सरकारी छात्रवृत्ति दिऔँ,’ पन्तले भने, ‘बरु त्यो ३० लाख उठ्नेगरी खटाऔँ ।’ हाल सरकारी तहमा त्रिवि चिकित्सा क्याम्पस, पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा मात्रै चिकित्सक जनशक्ति उत्पादन भइरहेको छ । कर्णालीमा प्रतिष्ठान खुलेपनि जनशक्ति उत्पादन सुरु भएको छैन ।

उनले बैठकमा पार्टीका नेताहरुको अस्वाभाविक लगानी भइरहेको भन्दै छानबिन गर्नसमेत माग गरेका थिए । उनले गाउँ–गाउँमा जनप्रतिनिधिले डोजर किनेको विषयमा आपत्ति जनाए पनि मेडिकल कलेजमा पार्टीको नेताको लगानी र संरक्षणबारे स्पष्ट धारणा राखेनन् ।



Leave a Reply

Your email address will not be published.