काठमाडौंका ३२ वटा वडामा साढे ३१ हजार संक्रमित,९३ प्रतिशत घरमै
संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका हुन्। हाल यहाँ दिनहुँ १ हजारभन्दा बढी कोरोना संक्रमित थपिने गरेका छन्।
काठमाडौंमा अहिले ८३ हजार ४४ कोरोना संक्रमित छन्।
यहाँका कूल संक्रमितमध्ये काठमाडौं महानगरपालिकामा मात्र ३१ हजार ७ सय ६२ भन्दा बढी छन्।
हालसम्म महानगरमा २ सय ९ जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ।
सबै वडाका संक्रमितले ज्यान गुमाइरहेको महानगरको तथ्यांक छ।
महानगरको स्वास्थ्य शाखाका अनुसार होम आइसोलेसन बस्ने संक्रमित बढिरहेका छन् भने अस्पताल र संस्थागत आइसोलेसन बस्नेको संख्या घटिरहेको छ।
मंसिर ७ सम्मको तथ्यांकअनुसार महानगरमा सक्रिय संक्रमित संख्या ८ हजार १ सय १९ छ। तीमध्ये ७ हजार ६ सय १ होम आइसोलेसनमा छन्। यो कूल सक्रिय संक्रमितको ९३ प्रतिशत हो ।
त्यस्तै, अस्पतालमा ४ सय ७ संक्रमित छन्। महानगरको स्वास्थ्य शाखाको तथ्यांकअनुसार संस्थागत आइसोलेसनमा १ सय ११ जना छन्।
हालसम्म महानगरमा २३ हजार ४ सय ३४ जना संक्रमणमुक्त भएका छन्।
महानगरले ३८ हजार ९ सय ५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ। तीमध्ये ४ हजार ९ सय २४ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
सबैभन्दा धेरै संक्रमित रहेका वडा नम्बर १६ बालाजु हो। यहाँ २ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ।
वडा नम्बर ३२ कोटेश्वरमा २ हजार ४ सय ४२ संक्रमित भएका छन्। तीमध्ये नौजनाको मृत्यु भएको छ।
त्यसैगरी, वडा नम्बर १४ कलंकीमा २ हजार १ सय ७१ र वडा नम्बर १५ स्वयम्भूमा २ हजार ५४ जना संक्रमित छन्।
मंसिर ७ सम्म कुन वडामा कति संक्रमित?