वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट मृत्यु
ओम अस्पतालका संस्थापक सदस्य डा. धुव्र शर्मा मुडभरीको निधन भएको छ।
कोरोना संक्रमणबाट ग्रसित सिनियर सर्जन डा. मुडभरीको आज दिउँसो ४ बजे ओम अस्पतालमा मृत्यु भएको हो।
अस्पतालका कार्यरत कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. हरिकृष्ण श्रेष्ठका अनुसार उनी १५ दिनयता कोरोना भाइरस सँग लड्दै आएका थिए।
७७ वर्षको उमेरमा डा. मुडभरीको मृत्यु भएको हो।
‘कोरोना संक्रमण भएपछि उहाँलाई कडा निमोनिया भएको थियो। केही दिन ओमकै आइसियुमा उपचार गर्नुभएको थियो,’ श्रेष्ठले भने, ‘स्वास्थ्य अवस्थामा सुधार भएपछि घर जानुभएको थियो। तर, पुनः स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको थियो।’
डा. श्रेष्ठ धेरै वर्ष वीर अस्पतालको निर्देशक भएर नेतृत्व पनि गरेका थिए।
डा. मुडभरीले राजा विरेन्द्र शाहको पालामा ‘शाही चिकित्सक’का रुपमा पनि भूमिका निभाएका थिए।
‘उहाँ एकदमै मिलनसार तथा सहयोगी हुनुहुथ्यो,’ डा. श्रेष्ठले हेल्थपोस्ट भने, ‘कोरोनाबाट उहाँ बच्न सक्नु भएन।’
कोरोना संक्रमण हुनुअघि उनी नियमित काममै थिए।