लोक सेवा आयोग द्दारा स्वास्थ्य सेवाका सातौं र आठौं तहका लागि दरखास्त आह्वान
लोक सेवा आयोगले स्वास्थ्य सेवाका लागि विभिन्न तहका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले बुधबार एक सूचना जारी गर्दै सातौं र आठौं तहका पदका लागि करिब ३ सय पदको लागि दरखास्त मागेको छ।
स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन गर्न लागेको हो।
उक्त पदका लागि मंसिर १६ गतेसम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ।
सूचना अनुसार निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ जनाइएको छ।
आयोगले परीक्षा मिति भने पछि तय गरिने जनाएको छ।