स्वास्थ्यमा दुई सचिव विवाद, बाहिर नेमप्लेट केदारबहादुर अधिकारीको, कुर्सीमा डा. पुष्पा चौधरी

हेल्थपोस्ट नेपाल

स्वास्थ्यसचिव डा. पुष्पा चौधरी मन्त्रालयको पुरानो कार्यकक्षमै बसेकी छिन् । सरकारले नयाँ सचिवका रुपमा डा. केदारबहादुर अधिकारीलाई पठाएपछि उनी यसअघि डा. चौधरी बस्दै आएको कार्यकक्षमै नेमप्लेट राखेर बस्दै आएका थिए ।

यसअघि ३ पुसमा सर्वोच्च अदालतले स्वास्थ्यसचिव डा. पुष्पा चौधरीको सरुवालाई गैरकानुनी ठहर गर्दै पुरानै जिम्मेवारीमा फर्काउनू भनी अघिल्लो अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको थियो ।
न्यायाधीशद्वय मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासकाे यस्तो आदेशपछि चौधरी स्वास्थ्यमन्त्रीलाई जानकारी गराएर पुरानै कार्यकक्षमा फर्किएकी हुन् ।

चौधरीलाई जनसंख्या महाशाखामा रहेको कार्यकक्ष तयार पारिएको थियो । चौधरी अदालतको पछिल्लो आदेशसँगै पुरानै कार्यकक्षमा गएर बस्न सुरु गरेकी हुन् । डा. चौधरीले आफू अदालतको आदेश मानेर काममा फर्किएको बताइन् । पुरानै कार्यकक्षमा बस्नुभएछ भन्ने प्रश्नमा चौधरीले ‘नबसे कानुन नमानेको भन्ने प्रश्न उठ्ने भन्दै’ आदेशको सम्मान गरेरै आएको बताइन् ।

अदालतले सरकारले हालेको भ्याकेटको निवेदनबाट पुरानो अन्तरिम आदेश खारेज नहुने आदेश गरेको छ । सरकारले चौधरीलाई २८ असोजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेपछि चौधरी अदालत गएकी थिइन् ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले उनलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएको थियो । सोविरुद्ध निर्णय पुनर्विचारका लागि सरकार ५ मंसिरमा भ्याकेटमा गएको थियो । यसैबीच सरकारले स्वास्थ्यसचिवमा केदारबहादुर अधिकारीलाई सरुवा गरेको थियो । सोविरुद्धसमेत चौधरी अदालत गएकी थिइन्

 



Leave a Reply

Your email address will not be published.