गण्डकी प्रदेशका स्वास्थ्य निर्देशकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हेल्थपोस्ट नेपाल

लोकसेवामा नाम निकालिदिने भन्दै एक परिक्षार्थीसँग घुस लिँदालिँदै समातिएका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारा पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
घुस रकमसहित समातिएका पौडेललाई अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मंगलबार मुद्दा दायर भएको हो ।  अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम भ्रष्टाचार गरेको दावी गरेको छ । अख्तियारले डा.पौडेलसँग बिगो एक लाखसहित ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को ९ (ग) बमोजिम सजाय माग दाबी गरिएको गरेको छ ।

डा.पौडेलले अहेवको लिखित परीक्षामा पास भएका विद्यार्थीलाई अन्तर्वार्तामा पास गराइदिने भन्दै १ लाख घुस लिएका थिए ।



Leave a Reply

Your email address will not be published.