स्वास्थ्यसचिव डा. पुष्पाको सरुवा कानुनविपरीत, पुरानै जिम्मेवारीमा फर्काउनू : सर्वोच्च

हेल्थपोस्ट नेपाल

सर्वोच्च अदालतले स्वास्थ्यसचिव डा. पुष्पा चौधरीको सरुवालाई गैरकानुनी ठहर गर्दै पुनर्बहाली गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले मंगलबार यस्तो आदेश गरेको हो ।

अदालतले सरकारले हालेको भ्याकेटको निवेदनबाट पुरानो अन्तरिम आदेश खारेज नहुने आदेश गरेको छ । सरकारले चौधरीलाई २८ असोजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेपछि चौधरी अदालत गएकी थिइन् ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले उनलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएको थियो । सोविरुद्ध निर्णय पुनर्विचारका लागि सरकार ५ मंसिरमा भ्याकेटमा गएको थियो । यसैबीच सरकारले स्वास्थ्यसचिवमा केदारबहादुर अधिकारीलाई सरुवा गरेको थियो । सोविरुद्धसमेत चौधरी अदालत गएकी थिइन् ।



Leave a Reply

Your email address will not be published.