उपमेयरको स्वास्थ्य अधिकारीमाथि आक्रोश– ‘तपाईंहरूले खाल्डो खनेर गाडेको औषधि अझै भेटिन्छ’

हेल्थपोस्ट नेपाल

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले स्थानीय सरकारमा रहेको औषधि खरिद अधिकार खोस्न स्वास्थ्य अधिकारीले चलखेल गरिरहेको आरोप लगाएकी छिन् । राष्ट्रिय स्वास्थ्य समीक्षा कार्यक्रममा बोल्दै गौतमले स्वास्थ्य अधिकारीको चासो र चिन्ता अहिले पनि औषधि खरिद गर्ने अधिकार स्थानीय तहमा गयो भन्नेमा मात्रै सीमित रहेको उनको भनाइ थियो । ‘तपाईँहरु सिटामोल खरिद गर्ने अधिकार स्थानीयमा गयो भन्ने चिन्ताले हामीले सकेनाँै भन्ने पार्न खोजिरहनु भएको छ,’ गौतमले भनिन् ।
समीक्षामा संघीयता कार्यान्वयनका क्रममा स्वास्थ्यका सन्दर्भमा कार्यक्रमको समन्वय गर्न जिल्ला तहका संरचना राख्नुपर्ने विषयमा छलफल केन्द्रित भएपछि गौतम आक्रोशित भएकी हुन् । विभिन्न बहाना बनाएर केन्द्रले औषधि खरिदको अधिकार नै फिर्ता गर्न खाजेको उनको भनाइ थियो ।

हिजो केन्द्रले नै औषधि खरिद गर्दा पनि समस्यारहित हुन नसकेको भन्दै उनले औषधि अभाव अहिले मात्रै भएजसरी प्रस्तुत नगर्नसमेत चेतावनी दिइन् । ‘तपाईंहरूले केन्द्रबाट डेटएक्स्पायर्ड औषधि पठाएको स्वास्थ्यसंस्थावरपर खाल्डो खनेर खोज्यो भने अझै भेटिन्छ,’ उनले भनिन् ।

‘तीन–तीन महिनामा प्रशासकीय अधिकृत परिवर्तन हुन्छ,’ उनले भनिन्, ‘औषधि खरिद गर्न प्रशासकीय अधिकृतको आदेश चाहिन्छ, त्यसैले खरिद हुन सकेको छैन ।’ एक वर्षमा ५ जना प्रशासकीय अधिकृत परिवर्तन भएको जानकारी गौतमले दिइन् । ‘केन्द्रबाट मनपरी सरुवा गर्ने, त्यही कारणले औषधि खरिद हुन नसक्ने, अनि गालीचाहिँ हामीले खानुपर्ने ?’ उनले भनिन् ।

उनले स्थानीय तहमा औषधिका लागि बजेट गए पनि खरिद गर्न नसक्नुका पछाडि विशुद्ध प्रशासनिक कारण रहेको बताइन् । ‘तीन–तीन महिनामा प्रशासकीय अधिकृत परिवर्तन हुन्छ,’ उनले भनिन्, ‘औषधि खरिद गर्न प्रशासकीय अधिकृतको आदेश चाहिन्छ, त्यसैले खरिद हुन सकेको छैन ।’
एक वर्षमा ५ जना प्रशासकीय अधिकृत परिवर्तन भएको जानकारी गौतमले दिइन् । ‘केन्द्रबाट मनपरी सरुवा गर्ने, त्यही कारणले औषधि खरिद हुन नसक्ने, अनि गालीचाहिँ हामीले खानुपर्ने ?’ उनले भनिन् ।

स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले हिजोका खरिद प्रक्रियामा शंका उठेरै यो अधिकार स्थानीयमा गएको भन्दै केन्द्रले हस्तक्षेप गर्न नखोजेको बताए । ‘हिजो शंका गर्ने ठाउँ रह्यो, अहिले ७ सय ५३ ठाउँमा खरिद गर्दा टेन्डर, प्रशासन गुणस्तरमा समस्या होला भनेर सेन्टर बिडिङ र लोकल परचेजिङको अवधारणा अगाडि सारेका हौँ,’ उनले भने, ‘त्यो सहायता पनि चाहिँदैन र आफैँ गर्न सक्नुहुन्छ भने गर्नुस्, केही छैन ।’
उनले केन्द्रले हस्तक्षेप गर्छ कि भनेर नडराउनसमेत अनुरोध गरे । ‘हिजो खाल्डो खनेर गाडियो भनेरै नयाँ संरचनामा जानुपरेको हो,’ डा. लोहनीले भने ।



Leave a Reply

Your email address will not be published.