मन्त्रीले स्वास्थ्य अधिकारीलाई भने– मुलुकभर एउटा राम्रो सरकारी अस्पताल देखाइदिनुस्

हेल्थपोस्ट नेपाल

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा सरकारको करोडौँ बजेट खर्च भए पनि गर्व गर्नलायक एउटै पनि सरकारी अस्पताल नभएको बताएका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यक्रमको वार्षिक समीक्षाका क्रममा मन्त्री यादवले सुरुमै सरकारी अस्पतालको दयनीय अवस्थाप्रति आक्रोश व्यक्त गरेका थिए ।
‘मुलुकभर राम्रो व्यवस्थापन भएको एउटा अस्पताल देखाइदिनुस् त !’ यादवले स्वास्थ्य अधिकारीलाई भने, ‘योभन्दा दुःखद कुरा के होला ?’ सरकारले अस्पताल सुधारमा वार्षिक अबौँ खर्चिरहँदा पनि सरकारी अस्पतालको अवस्था नसुध्रिएको भनाइ यादवको थियो ।

‘निजी अस्पताल किन राम्रोसँग चलेका छन्, सरकारी किन चल्दैनन् ?’ उनले भने, ‘जबसम्म जनताले राम्रो उपचार पाउँदैनन्, तबसम्म स्वास्थ्य क्षेत्र सुध्रिएको मानिन्न ।’ मन्त्री यादवले स्वास्थ्यमा सरकारको प्राथमिकतामा परेको बिमा कार्यक्रममा अर्बौं लगानी भए पनि प्रतिफल नदेखिएको सुनाए ।

देशभरका स्वास्थ्य प्रशासक, प्रदेश र स्थानीय तहका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको हलमा यादवले स्वास्थ्यले धेरै चुनौतीको सामाना गरिरहेको भन्दै काठमाडौंमा केन्द्र सरकारले चलाएका अस्पतालको अवस्थासमेत अस्तव्यस्त रहेको टिप्पणी गरे । ‘निजी अस्पताल किन राम्रोसँग चलेका छन्, सरकारी किन चल्दैनन् ?’ उनले भने, ‘जबसम्म जनताले राम्रो उपचार पाउँदैनन्, तबसम्म स्वास्थ्य क्षेत्र सुध्रिएको मानिन्न ।’
मन्त्री यादवले स्वास्थ्यमा सरकारको प्राथमिकतामा परेको बिमा कार्यक्रममा अर्बौं लगानी भए पनि प्रतिफल नदेखिएको सुनाए । ‘मलाई गुनासो आइरहेको छ, यो वर्ष बिमा गरेर अर्को वर्ष किन नवीकरण गर्न चाहन्नन् ?’ उनले भने, ‘जनता बिमा गरेर सरकारी अस्पतालमा गए पनि निजीमा पठाउँछन्, किन दोहोर झन्झट गर्नु भन्छन् ।’
मन्त्री यादवले स्वास्थ्य क्षेत्रका विभिन्न नीतिमा कहाँ समस्या छन्, त्यसमा सुधार गर्न तत्पर रहेको भन्दै अब गर्न सकिने कामको खाका बनाउन स्वास्थ्य अधिकारीलाई निर्देशन दिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पछिल्ला दिनमा स्वास्थ्यमा सुधारको सट्टा भएका सूचकसमेत खस्किँदै जानु दुःखको कुरा भएको बताए । ‘हामीले खर्च गरेका ठाउँको मूल्यांकन गर्नुपर्छ,’ अधिकारीले भने, ‘नयाँ कार्यक्रममा अल्झिनेभन्दा थालेका कामलाई टुंगोमा पुर्याऔँ ।’



4 thoughts on “मन्त्रीले स्वास्थ्य अधिकारीलाई भने– मुलुकभर एउटा राम्रो सरकारी अस्पताल देखाइदिनुस्

  1. यसको कारक संस्था स्वास्थ्य मन्त्रालय आफै नै हो । 1)स्वास्थ्य संस्थामा भएको कर्मचारी हरूको वीचको तहगत झगडाको समाधान गर्न नसक्नु ।
    2) अस्पताल मा राम्रो लाई भन्दा हाम्रो लाई मे सु तथा अस्पताल विकास समितिका अध्यक्ष नियुक्ति गर्नु ।विना उद्येश्यले व्यक्तिलाई अस्पताल जिम्मा दिनु आफु विरामी हुँदा प्राइभेट मा जाने जन्तालाई सरकारी मा वोलाउने।
    3) राजनिज्ञलाई लाई हस्पिटल खोल्न अनुमति दिनु ।
    4) स्वास्थ्य संस्थाको वास्तविक रूपमा काम छ गरेको छैन सूचांक हरू को विश्वसनियता को आधार नकेलाई हचुवाको भरमा विना भेरिफिकेन स्वास्थ्य संस्थालाई उत्कृष्ट घोषणा गर्नु र स्वास्थ्य कर्मी हरूलाई राष्ट्रिय पुरस्कार वाट सम्मानित गर्दा पहुँच नहुने र लगनशील कर्मचारी हरूको हत्तोसाहित हुने र राम्रो देखाउन वास्तविक प्रतिवेदन भन्दा फेक प्रतिवेदन पेश गर्ने चलन बढेको छ ।जसले गर्दा प्रगति १००%पुगे पनि रूग्णताको दर भने उस्तै देखिन्छ ।

    5) स्वास्थ्य कर्मी हरूलाई दिईने एक दिने दुई दिने सात दिने तालिम ले स्वास्थ्य कर्मी हरूको क्षमता वृद्धि गर्दैन जसले स्वास्थ्य संस्थामा काम गर्ने दिन घटाउदछ।जसले गर्दा जनताहरु ले अपेक्षा गरेको सेवा पनि पाउँदैनन् र स्वास्थ्य कर्मी पनि अल्छिपनको विकास हुन्छ ।यस्तो तालिम को सट्टा एकेडेमिक कोर्ष पढाएमा क्षमता पनि वृद्धि हुने र तालिमको नाममा अर्बौ खर्च हुदैन ।
    त्यसैले अझै पनि स्वास्थ्य सेवामा धेरै सुधार गर्नु पर्दछ ।

  2. Instead,
    Whenever leading Nepali politics and their leaders including Prime-/Ministers character does not improved committedly sound it does not improve at all. Since,
    $Health is human right
    $Health Ministers corrupts….

    #Stop unethical and illegal health-marital businesses
    #Regard, health is a profession!
    (From London)

  3. sahi kaam garirahanu vaako chha mantri jyu private ko tarif garnus sarkari aspatal lai gali garnus sarkari mantri vayera . sabai lai private mai jaana vannus sudhar garna tira lagnu chhaina non qualified lai selection garnus ani media ma yesto comment garnus ani ramro upachar paauchha janata le kahile hospital ma aayera k chha abastha kasari sudhar garne vanne kura garnu vaako

  4. अरु ठाउँ को कुरा त् मलाई थाहा छैन बरु प्रदेश न. २ को कुनै एउटा नमुना व्यवस्थित अस्पताल बनाएर देखाई दिनुस् !

Leave a Reply

Your email address will not be published.