वीर अस्पतालको शुल्क २० प्रतिशतले बढ्यो, ३५ करोड बढी घाटामा
आम्दानी घटेपछि वीर अस्पतालले सेवा शुल्क बढाएकाे छ। अस्पतालले शुक्रबारदेखि लागू हुनेगरी २० प्रतिशत शुल्क बढाएको हो।
सबै शाखालाई परिमार्जित शुल्कअनुसार शुल्क लिन निर्देशन दिएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए।
‘विधागत रूपमा शुल्क बढाएका छौं। कुनैमा बढी वा घटी होला,’ डा. सेञ्चुरीले भने, ‘सम्रगमा २० प्रतिशतको हाराहारीमा बढाइएको हो।’
उनकाअनुसार चार वर्षदेखि पुरानो शुल्कमा सेवा दिइरहेको र हाल विस्तार भएका सेवामा एक रुपता ल्याउन शुल्क बढाउनुपरेको हो।
परीक्षणमा उपयोग गरिने रसायनलगायत सामग्रीको मूल्यवृद्धि भएकाले पनि बढाउनुपरेको डा. सेञ्चुरीको भनाइ छ। चार—पाँचवटा अस्पतालको शुल्कलाई हेरर सोभन्दा कम शुल्कमा सेवा दिने हिसाबले शुल्क बढाइएको उनले दाबी गरे।
अस्पतालमा १२ सयभन्दा बढी कर्मचारी छन्। जसमध्ये नेपाल सरकारबाट ६ सय ८७ र प्रतिष्ठान तर्फबाट ६१९ कर्मचारी छन्। नेपाल सरकारले यो आर्थिक वर्षको लागि वीरलाई एक अर्बभन्दा बढी बजेट छुट्याएको छ।
जुन रकम सरकारी स्वास्थ्यकर्मीलाई तलबभत्ता र उपकरण मर्मतमा खर्च हुने अस्पतालले जनाएको छ।
वार्षिक ३५ करोड घाटामा
वीरले बर्सेनि कुल आम्दानी करिब ३६ करोड रुपैयाँ गर्ने गरेको छ। तर, आम्दानी भन्दा अस्पतालको खर्च बढी हुने गरेको डा. सेञ्चुरी बताउँछन्।
‘अस्पतालको खर्च वार्षिक ४५ करोडभन्दा बढी हुने गर्दछ,’ डा. सेञ्चुरीले भने, ‘हालसम्म ३५ करोडभन्दा बढी घाटामा गएका छाैं।’
अस्पतालको आम्दानी भएको रकमले नै प्रतिष्ठानका कर्मचारीलाई तलब भत्ता खुवाउनुपर्ने हुन्छ। ‘महिनामै ३ करोड ३ लाख तलबमा नै खर्च हुन्छ’, डा. सेञ्चुरीले भने।
वार्षिक करिब चार लाखले बहिरंग सेवाबाट उपचार लिँदै आएको अस्पतालको तथ्यांक छ। रोल्पा, डोल्पा, जुम्ला, हुम्ला, जाजरकोट, बझाङलगायतका दुर्गमक्षेत्रदेखि स्वास्थ्य उपचार गर्न वीर अस्पतालमा आउने गरेका छन्।
सस्तो र गुणस्तरीय उपचार हुने भएका कारण पनि सर्वसाधारणको यहाँ भीड नै लाग्ने गरेको छ।
यस्तो छ परिमार्जित शुल्क :