दाँतको उपचार गर्दा कोरोना संक्रमण जोखिमबाट जोगिन ‘रबर ड्याम’ प्रयोग
मुख तथा दाँतको उपचारका क्रममा हुनसक्ने संक्रमणको जोखिमबाट जोगाउने चितवनमा ‘रबर ड्याम’को प्रयोगबाट दाँतको उपचार सुरु गरेको छ ।
कोभिड–१९को संक्रमण महामारी देखिएपछि जोखिम न्युकिरण गर्न साईराम डेण्टलले नयाँ प्रविधिबाट उपचार सुरु गरेको हो ।
उपचारमा संलग्न चिकित्सक र बिरामीमा आपसबाट संक्रमण नसरोस् भन्ने उदेश्यले रबर ड्याम प्रयोग सुरु गरिएको हो।
डेण्टल केयरले सहिदचोक, अस्पताल रोड र टाँडी शाखाबाट एकैपटक यस्तो सेवा सुरु गरेको जनाएको छ ।
दाँतको उपचारमा अन्र्तराष्ट्रियस्तरको आधुनिक प्रविधिको रुपमा प्रचलित रबर ड्यामको प्रयोग सुरुवात गरिएका साइराम डेन्टलको दावी छ ।
हालका लागि अति अत्यावश्यक अवस्थाका बिरामीको मात्रै उपचार गरिएको जनाएको छ ।
दाँतको उपचारहरू गर्दा संक्रमण नफैलियोस् भन्ने उदेश्यले रबर ड्यामको प्रयोग गरेको डेण्टलकी प्रबन्ध निर्देशक डा. सरु थापाले बताइन ।
‘बिरामी र चिकित्सकको सुरक्षाको लागि रबर ड्याम प्रयोगबाट उपचार सुरु गरेका छौ’ उनले भनिन् ‘ यस्को प्रयोगले संक्रमण फैलन सक्ने सम्भावना अत्ति नै कम हुन्छ्र । ’
रबर ड्याम मुख र दाँतको बीचमा राखिने एक प्रकारको बाँध हो ।उपचार गर्ने दाँतलाई मात्र लक्षित गर्दछ । बिरामीको मुखमा भएका भाइरस र ब्याक्टेरिया अन्यत्र सर्दैन ।
यसको प्रयोग गर्दा उपचार गर्नुपर्ने दाँत मात्रै देखिन्छ । चिकित्सक र बिरामीमीको प्रत्यक्ष सम्पर्कको जोखिम कम गराउँछ ।
कोरोना संक्रमणको जोखिम बढेपछि अध्ययान गरेर यस्तो प्रविधिको प्रयोगमा ल्याइएको बरिष्ठ दन्तरोग चिकित्सक डा. अजय न्यौपानेले बताए ।
‘संक्रमण सर्न सक्ने संभावना कम गरेर दाँतको उपचार कसरी गर्ने भन्ने उपायको खोजी गर्यौं ।’ डा. न्यौपानेले भने ‘दाँतको रोगले दुःख दिएपछि बिरामीको चाप बढी भयो आफु र बिरामीको सुरक्षाको लागि नयाँ थालनी गरेका हौं’ ।
अष्ट्रेलिया, अमेरिका, युरोपियन मुलुकमा रबर ड्यामको प्रयोग गरिन्छ । ‘चिकित्सक र बिरामीमा संक्रमण सर्ने संभावना अत्यन्त न्यून हुने र बिरामीलाई सहज हुन्छ’ डा.न्यौपानेले भने ‘मुखमा भएका हानीकारक जिवाणु र भाइरसहरुले भएकोले उपचार गर्ने र गरिसकेका दाँतमा
भोलीको दिनमा इन्फेक्सन नगने, दाँतको जरै देखी सफा गर्ने र आरसिटीमा प्रयोग हुने केमिकल र साना औजार मुखबाट खस्नबाट समेत जोगाउँछ।’
पहिला रुट क्यानल पद्धतीबाट आरसिटी गरिन्थो । अहिले सुरु गरिएको रबर ड्याम प्रविधिले बिरामीलाई आरसिटी गर्न पटक पटक आउन नपर्ने समेत भएको छ ।
दाँतको जरैबाट उपचार गर्ने पद्धती आरसिटि अन्र्तराष्ट्रिय मापदण्डको रबर ड्यामको प्रयोगबाट गरेपछि बिरामीलाई सहज हुने दावी डेन्टल संचालकको छ ।