विशेषज्ञ चिकित्सक आवश्यक भएमा पाँच दिनभित्र निवेदन पेश गर्नु : स्वास्थ्य मन्त्रालय
सरकारी स्वामित्वमा भएका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको आवश्यक भएमा स्वास्थ्य मन्त्रालयले ५ दिनभित्रमा निवेदन पेश गर्ने सूचना जारी गरेको छ।
बिहिबार एक सुचना जारी गदै मन्त्रालयले प्रतिष्ठान, परिषद्, मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुलाई विशेषज्ञ चिकित्सक आवश्यक भएमा माग आग्रह गरेको छ।
मन्त्रालयले सरकारी शिक्षण संस्थाहरुमा चिकित्सा शास्त्र छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ बमोजिम सूचना जारी गरेको नीति योजना तथा अनुगमन महाशाखाले जनाएको छ।
छात्रवृत्तिमा स्नात्तकोत्तर तह एमडी क्लिनिकल एनाटोमी र एमडी क्लिनिकल फिजियोलोजी विषयमा अध्ययन गरेका विशेषज्ञ जनशक्ति आवश्यक भएका संस्थाले पाँच दिनभित्र दिनुपर्ने भनी सुचनामा उल्लेख गरिएको छ।