‘बुहारी काम छोडेर डाक्टरनी पल्टेर लखर–लखर हिँड्छे’ भन्थे, तर विचलित भइनँ

हेल्थपोस्ट नेपाल

आफ्ना पारिवारिक जिम्मेवारीहरूलाई पाखा लगाउँदै करिब १५ वर्ष स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्दा मैले धेरै दुःख–सुखका अनुभव बटुलेकी छु । पारिवारिक समर्थन र सपोर्ट अभावमा स्वयंसेविकाको कामलाई अगाडि बढाउन मेरा लागि त्यति सहज थिएन । डेढ दशकको यो यात्रामा सुत्केरी स्याहार्दादेखि जानेको ज्ञान बाँड्दै हिँड्दाका मेरा अनुभूति अनगिन्ती छन् । कतिसम्म भने, आफूसँग भएको पैसाले बिरामीलाई लुगा किनेर लगाइदिएकी छु । सुत्केरी महिलालाई खानेकुराको अभाव हुँदा आफ्नै पैसाले खानेकुरा किनेर पनि धेरैपटक दिएकी छु । मलाई यसैमा आनन्द र सन्तुष्टि पनि छ ।

शरीरले सकेसम्म स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्ने मेरो चाहना छ । संस्थाले अनुमति दिएमा मेरो ज्यान रहेसम्म बिरामीको सेवा गर्ने दृढनिश्चय गरेकी छु ।
महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्न सहज भने छैन । स्वास्थ्य जनचेतनाका लागि वडा घुम्नेक्रममा धेरैपटक म लडेर घाइतेसमेत भएकी छु । सानोतिनो घाउचोट त पटक–पटक लागेका छन् । साडी लगाएर वडा–वडा पुग्नुपर्दा धेरै गाह्रो हुन्छ । छोराछोरी, श्रीमान्, सासूसहितको मेरो संयुक्त परिवार छ ।

शिक्षा र चेतनाको स्तर कमजोर भएका मानिसलाई बुझाउन, प्रत्येक वडा–वडा, गाउँ–गाउँ घुम्न ज्यादै नै कठिन छ । यी कठिनाइका बाबजुद पनि अरुका लागि आफूलाई समर्पित गर्न पाउँदा भने ज्यादै खुसी लाग्छ । तर, स्वयंसेविकाको एक्लो प्रयास र चाहनाले मात्र हुँदैन, अरूले पनि काम गर्ने अवसर भने दिनुपर्छ ।

शिक्षा र चेतनाको स्तर कमजोर भएका मानिसलाई बुझाउन, प्रत्येक वडा–वडा, गाउँ–गाउँ घुम्न ज्यादै नै कठिन छ । यी कठिनाइका बाबजुद पनि अरुका लागि आफूलाई समर्पित गर्न पाउँदा भने ज्यादै खुसी लाग्छ । तर, स्वयंसेविकाको एक्लो प्रयास र चाहनाले मात्र हुँदैन, अरूले पनि काम गर्ने अवसर भने दिनुपर्छ ।

सुरु–सुरुका दिनमा सासूआमाले ‘बुहारी घरको काम छोडेर लखर–लखर डाक्टरनी भएर हिँड्न थाली’ भन्नुहुन्थ्यो । उहाँको समर्थन नपाउँदा पनि सेवाभावबाट प्रेरित भएकै कारण म कहिल्यै आफ्नो लक्ष्यबाट विचलित भइनँ । घरको काम पनि भ्याउँथ्येँ, स्वयंसेवालाई पनि निरन्तरता दिँदै गएँ । अहिले आफूले संघर्ष गरेर कमाएको नामप्रति म गर्भवान्वित छु । अहिले स्वास्थ्यचौकीबाट जुनसुकै स्वास्थ्यसम्बन्धी कार्यक्रममा पनि मलाई नै पठाउने गर्नुभएको छ । त्यसले मलाई अझै आफ्नो काममा ऊर्जा प्रदान गर्ने गरेको छ ।
पहिले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्न मेरो वडाका कुनै पनि महिला तयार नभएकाले मलाई बोलाइएको थियो । अहिले सरकारीतबरबाट पनि केही राम्रा कामको थालनी भएकाले र मेरो सफलताबाट घरमा सबैजना खुसी हुनुहुन्छ । सरकारले पुरानालाई मात्र नभई नयाँ व्यक्तिलाई पनि स्वयंसेविकाका रूपमा काम गर्ने अवसर दिनुपर्छ भन्ने मलाई लाग्छ ।

सुरु–सुरुका दिनमा सासूआमाले ‘बुहारी घरको काम छोडेर लखर–लखर डाक्टरनी भएर हिँड्न थाली’ भन्नुहुन्थ्यो । उहाँको समर्थन नपाउँदा पनि सेवाभावबाट प्रेरित भएकै कारण म कहिल्यै आफ्नो लक्ष्यबाट विचलित भइनँ । घरको काम पनि भ्याउँथ्येँ, स्वयंसेवालाई पनि निरन्तरता दिँदै गएँ । अहिले आफूले संघर्ष गरेर कमाएको नामप्रति म गर्भवान्वित छु ।

निःस्वार्थ भावले सेवा गर्छु भनेर महिला स्वास्थ्य स्वयंसेविका बन्ने तर सेवा–सुविधाको माग गर्ने भनी सरकारीतबरबाट हामीमाथि आरोप लाग्ने गरेको छ । प्रत्येकको घर–घरमा जानुपर्ने भएकाले स्वयंसेविकाले आय–आर्जनको काम गर्न सक्दैनन् । यदि गरिहाले पनि स्वयंसेवामा खटिनुपर्दा काममा समस्या हुन्छ र जागिर गर्नेले नगएको दिनको पारिश्रमिक पाउँदैनन् । त्यसैले यसबारे सरकारले केही सोचेमा स्वयंसेविकाको जीवनमा केही सहजता आउँथ्यो भन्ने लाग्छ । थोरै समय भनेर हिँडे पनि काम गर्दै जाँदा धेरै समय लाग्ने हुन्छ । सरकारले दिँदै आएको मासिक ४ सय रूपैयाँ भत्तालाई एक हजार बनाएमा केही सहज हुन्थ्यो ।

परिवारबाट सहयोग नहुँदा पनि मलाई आफ्नो कामप्रति मन लागि नै रह्यो र अहिले पनि उत्तिकै छ । आफूले गरेर कसैको ज्यान बच्छ भने किन नगर्ने भन्ने सोच ममा सधैँ रहिआएको छ । मलाई पनि काम छोडौँ भन्ने सोच आएको छैन । बरु अनुभव बढ्दै जाँदा झन् थप सेवाका लागि प्रेरणा मिल्ने गरेको छ । धेरैपटक श्रीमान्सँग पैसा मागेर पनि सुत्केरी महिलालाई खानेकुरा किनिदिएकी छु । कतिपयलाई डेलिभरी गराउन आफैँ अस्पताल लिएर पनि गएकी छु । डेलिभरी भएर सुत्केरी सामान्य अवस्थामा नआउँदासम्म म अस्पतालमै कुरेर पनि बसेकी छु ।
(सीतापाइला स्वास्थ्यचौकीअन्तर्गत कार्यरत खत्रीसँगकाे कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published.