काठमाडौंमा थप एक जना कोरोना संक्रमणबाट मृत्यु

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणबाट काठमाडौंको कलंकी बस्ने ६४ वर्षीय पुरुषको मृत्यु भएको छ।  जिल्ला जनस्वास्थ्य ललिपुरका अनुसार उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताए।

गेलालका अनुसार उक्त व्यक्तिमा निमोनिया तथा मधुमेहको समस्या रहेको थियो।



Leave a Reply

Your email address will not be published.