देशभर तीनदिन भारी वर्षा : मौसम पूर्वानुमान महाशाखा

हेल्थपोस्ट नेपाल

तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चपाीय रेखा नेपालतर्फ नजिकिँदै गरेकाले देशभर वर्षाको सम्भावना बढेको महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।

प्रदेश नम्बर २ मा र प्रदेश नम्बर ५ का केही भूभागमा आंशिक बदली रही बाँकी भूभागमा समान्यदेखि पूर्ण बदली रहेको छ।

महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक सर्ने सम्भावना देखिएकाले २(३ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।



Leave a Reply

Your email address will not be published.