२० वर्षमा ४१ मेडिकल विद्यार्थीले पाए ‘मथुरारत्न छात्रवृत्ति’

हेल्थपोस्ट नेपाल

नेपालका पहिलो एलोप्याथिक चिकित्सक डा. रत्नदास वैद्य र उनकी श्रीमती मथुरादेवीको नाममा डाक्टर पढाउन सहयोग गर्ने डा. रघुवर वैद्यको इच्छाअनुसार स्थापित ‘मथुरारत्न छात्रवृत्ति’बाट ४१ जना चिकित्सक लाभान्वित भएका छन् । छोरोलाई डाक्टर बनाउने आफ्नो इच्छा भए पनि छोरा इन्जिनियर बनेपछि रघुरामले आफ्ना स्वर्गीय मातापिताको नाममा २०५१ सालमा नेपाल चिकित्सक संघमार्फत प्रदान गर्ने गरी कोष खडा गरेका थिए । त्यसपश्चात् उक्त छात्रवृत्ति प्रदान गरिन थालेको थियो । उक्त छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो विद्यार्थी सन् २००३ मा पासआउट भएका थिए ।

छात्रवृत्तिका लागि संघको सिद्धिभवनपरिसरमा दुईतले भवन स्थापना गरी भवनको भाडाबाट आएको रकम कोषमार्फत परिचालन गर्ने गरी सुरुवात गरिएको कोषका संस्थापक इन्जिनियर जयदेव वैद्यले बताए । मंगलबार राजधानीमा कोष र नेपाल चिकित्सक संघले आयोजना गरेको एक कार्यक्रममा आफ्नो परिवारले विभिन्न सामाजिक कार्य गर्दै आएको जनाउँदै उनले आफ्ना बुबाको इच्छाअनुसार छात्रवृत्तिको सुरुवात गरेको बताए ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले मनकारी व्यक्तिले छात्रवृत्ति स्थापनाका लागि चिकित्सक संघलाई विश्वास गरेर सुरु गरेको सहकार्य लामो समयसम्म टुट्न नदिने बताए । उनले संघको नयाँ भवनमा पनि दाताले बनाइदिएको भवनको शिला राखेरै सो कोठाबाट आएको आम्दानीबाट यो छात्रवृत्तिलाई निरन्तरता दिने बताए ।

उनले कोषबाट केही हदसम्म भए पनि सहयोग पाएका चिकित्सकहरू देश–विदेशमा रहेर सेवा गरिरहेको देख्दा सन्तुष्टि मिलेको सुनाए । ‘अझै यो छात्रवृत्तिबाट लाभान्वित भएका चिकित्सकहरूले ग्रामीण क्षेत्रमा केही न केही सामाजिक कार्य गरेको सुन्न र देख्न सके यसको सार्थकता अझै बढ्थ्यो,’ उनले भने ।

संघका महासचिव डा. लोचन कार्कीका अनुसार हालसम्म २३ जनाले एमबिबिएस तहमा र ९ जनाले विशेषज्ञ तहमा यो छात्रवृत्तिमार्फत अध्ययन पूरा गरिसकेका छन् भने हाल ९ जना यसअन्तर्गत अध्ययन गरिरहेका छन् । हालसम्म प्रतिवर्ष ६ जनासम्म विद्यार्थी उक्त छात्रवृत्तिबाट लाभान्वित हुँदै आएका छन् । संघले बनाएको समितिले दरखास्त आह्वान गरी गरिब, जेहेन्दार, अन्य छात्रवृत्ति नपाएका, दुर्गम क्षेत्रका र सकेसम्म सरकारी विद्यालय पढेकालाई प्राथमिकता दिने गरेको छ । छात्रवृत्तिअन्तर्गत हाल विद्यार्थीले मासिक ४ हजार पाउँछन् ।

उनले कोषबाट केही हदसम्म भए पनि सहयोग पाएका चिकित्सकहरू देश–विदेशमा रहेर सेवा गरिरहेको देख्दा सन्तुष्टि मिलेको सुनाए । ‘अझै यो छात्रवृत्तिबाट लाभान्वित भएका चिकित्सकहरूले ग्रामीण क्षेत्रमा केही न केही सामाजिक कार्य गरेको सुन्न र देख्न सके यसको सार्थकता अझै बढ्थ्यो,’ उनले भने ।

छात्रवृत्तिबाट पाएको रकमले एमबिबिएस पढाइका क्रममा हुने विभिन्न खर्चमा उल्लेखनीय सहयोग मिल्ने गरेको एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी तुलसी ढकालले बताए । अर्का चिकित्सक धनबहादुर श्रेष्ठले छात्रवृत्तिबाट पढेर गएर आफू दुर्गम क्षेत्र बसेर सेवा दिइरहेको भन्दै त्यसले पनि छात्रवृत्तिको उद्देश्यमा टेवा पुगेको बताए ।
कार्यक्रममा वरिष्ठ चिकित्सक डा. मनिरञ्जन बरालले छात्रवृत्तिका लागि कोष जोहो गर्न बनेको भवन उद्घाटन गरेर फर्किएकै दिन वैद्य परिवारका अर्का चिकित्सक भरतराजको निदन भएको प्रसंग सुनाउँदै चिकित्सक संघसँगको यो सहकार्य नमुना रहेको बताए ।
संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले मनकारी व्यक्तिले छात्रवृत्ति स्थापनाका लागि चिकित्सक संघलाई विश्वास गरेर सुरु गरेको सहकार्य लामो समयसम्म टुट्न नदिने बताए । उनले संघको नयाँ भवनमा पनि दाताले बनाइदिएको भवनको शिला राखेरै सो कोठाबाट आएको आम्दानीबाट यो छात्रवृत्तिलाई निरन्तरता दिने बताए ।

 

हालसम्म छात्रवृति पाएका विद्यार्थीको सूची



Leave a Reply

Your email address will not be published.