सरकारी चिकित्सक संघमा १५ पदका लागि २९ जनाको उमेदवारी
साउन ११ सरकारी चिकित्सक संघ (गोदान)को आसन्न चौथो अधिवेशनमा १५ पदका लागि २९ जना चिकित्सकले उमेदवारी दर्ता गराएका छन् ।
घोषित निर्वाचन तालिकाअनुसार साउन ११ गते ४ बजेसम्म अध्यक्षमा तीन जनासहित २९ जनाको उमेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत डा. रुद्रकुमार मरासिनीले जानकारी दिए ।
निर्वाचन समितिका अनुसार अध्यक्षका लागि डा. समाज गौतम, डा. रविन खड्का र डा. दिपक थापामगरको उमेदवारी परेको छ । डा. खड्का वर्तमान महासचिव हुन् । त्यसैगरी डा. गौतम न्याम्सको अर्थोपेडिक्स र डा. थापामगर सर्जरी विभागमा कार्यरत छन् ।
संघको बरिष्ठ उपाध्यक्षका लागि २, उपाध्यक्षका लागि २, महासचिवका लागि २, सचिवका लागि ३, कोषाध्यक्षका लागि २ र ९ सदस्य पदका लागि १५ जनाको उमेदवरी परेको छ ।
संघमा अनलाइनबाटै उमेदवारी दर्तासँगै मतदानसमेतको व्यवस्था गरेसँगै सदस्यता र उमेदवरीका लागि चासो बढेको छ ।