मधुमेहको औषधि ‘इम्पाग्लिफ्लोजिन’ नेपालमै उत्पादन सुरु

हेल्थपोस्ट नेपाल

नेपाली औषधि कम्पनी म्याग्नस फर्माले मधुमेहको उपचारमा प्रयोग हुने औषधि इम्पाग्लिफ्लोजिनको उत्पादन बजारमा ल्याएको छ । ‘ग्लिाफज’ ब्रान्डनेम भएको औषधि विश्वव्यापी रुपमा पछिल्लो समयमा मधुमहीले प्रयोग गर्ने प्रभावकारी औषधि हो ।
कम्पनीका बजार प्रबन्धक सुधीरप्रकाश मास्केका बढ्दो मधुमेहको प्रयोगसँगै सहज र सुलभ रुपमा नेपाली विरामीसम्म सेवा पु-याउँन यसको उत्पादन सुरु गरिएको हो । उनका अनुसार मधुमेहका औषधिले प्याङक्रियाजमा गएर काम गर्ने र इन्सुलिनको मात्रा वा प्रभाव बढाउने हो । यो औषधिले भने, मिर्गौलामा हुने ग्लुकोजको मात्रा -याबसोर्वलाई घटाएर शरीरमा भएको अतिरिक्त ग्लुकोजलाई मात्रै पिसाबमार्फत् फाल्दछ ।

मधुमेहका औषधिले प्याङक्रियाजमा गएर काम गर्ने र इन्सुलिनको मात्रा वा प्रभाव बढाउने हो । यो औषधिले भने, मिर्गौलामा हुने ग्लुकोजको मात्रा ¥याबसोर्वलाई घटाएर शरीरमा भएको अतिरिक्त ग्लुकोजलाई मात्रै पिसाबमार्फत् फाल्दछ ।

नेपालमा यो औषधि हालसम्म पनि आयतित ब्रान्डमै निर्भर रहनुपर्दा सहज र सुलभ थिएन । योसँगै नेपाली उत्पादन विदेशी ब्रान्डको तुलनामा आधा सस्तो पर्ने मास्केको भनाई छ ।कम्पनीका अनुसार ग्लिफाज नेपाली उत्पादनको १० एमजीको ट्याब्लेटलाई ४५ रुपैयाँमा पर्नेछ । जुन विदेशी उत्पादनको त्यतिकै एमजीको औषधिको मुल्य ७५ रुपैँया पर्छ । नेपाली बजारमा यो औषधि ग्लिफाज ५ र १० एमजीका उपलब्ध छ ।
यसअघि पनि कम्पनीले पहिलोपटक मष्तिस्कघातका बिरामीका लागि दिइने ब्रानटोन (सिटीकोलिन), छारेरोगको औषधि लेभेटाम (लेभिटेरासिटाम)जस्ता औषधिको समेत उत्पादन गर्दै आएको छ ।



Leave a Reply

Your email address will not be published.