निर्मलाका बुबाको उपचार त्रिवि शिक्षण अस्पतालमा, यस्तो छ प्रारम्भिक रिपोर्ट

हेल्थपोस्ट नेपाल

अपडेट

विभागीय प्रमुख डा. योगेन्द्र शाक्यका अनुसार मेडिसिन र साइकाइट्रिक्स मिलेर अहिले आईसियु वेड नं. २ मा पन्तलाई भर्ना गरिएको छ ।

…………………

विभागीय प्रमुख डा. योगेन्द्र शाक्यका अनुसार पन्तको मुटुको धड्कन बढेको छ । अक्सिजन, रक्तचाप, श्वासप्रश्वास, सुगर नर्मल छ । तर आवेशमा आउने र चिच्याउने समस्या छ । आवेशमा आफुले आफैलाई चोट पुर्याएका कारण देव्रे खुट्टाको औंलामा क्य्राक भएको छ । मनमोहन कार्डियोथेरासिसमा किड्नीको प्यारामिटर जाँचिदैछ । मेडिसिन र साइकाइट्रिक्स मिलेर भर्ना गर्ने तयारीमा छौं ।

……………………..

छोरीका हत्यारालाई कारबाहीको माग गर्दै धर्नामा रहेकै अवस्थामा स्वास्थ्यअवस्था बिग्रिएका बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुबा यज्ञराजको त्रिवि शिक्षण अस्पतालमा उपचार सुरु भएको छ ।

धर्नामा बसेरहेको अवस्थामा हाँस्ने, रुने, बर्बराउने, गालीगलौज गर्नेजस्ता अस्वाभाविक लक्षण देखिन थालेका उनलाई आइतबार काठमाडौं ल्याइपु-याइएको हो ।
साँझ ६.३० बजे अस्पताल ल्याइपु-याएका उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा ज्वरोसहित मानसिक समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । आकस्मिक विभाग प्रमुख डा.योगेन्द्र शाक्यका अनुसार अस्पतालमा भर्नाको प्रक्रिया सुरु भइसकेको छ । ‘मेडिसिनका विशेषज्ञले हेरेर औषधि सुरु गरिसकेका छन्, मानसिक विशेषज्ञलाई पनि जाँचका लागि बोलाइसकिएकाे छ,’ डा.शाक्यले भने ।

‘मेडिकल चाँच गरेर अन्य समस्या नदेखिएर मानसिक हो भन्ने कन्फर्म भए मात्रै सम्बन्धित विभागमा रेफर गरिन्छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने ।
उपचारमा डा. तीर्थमान श्रेष्ठको नेतृत्वमा टोली खटिएको छ । उनलाई शनिबारै काठमाडौं ल्याउनका लागि धनगढी विमानस्थलमा लगिएको थियो । विमान चढाउने समयमा अस्वाभाविक व्यवहार देखाएपछि विमानले ल्याउन नमानेका कारण आजै उनलाई लठ्याउने औषधि दिएर काठमाडौं ल्याइएको हो ।



Leave a Reply

Your email address will not be published.